एमसीसी कार्यान्वयन हुन्छ, भारतसँग वार्ताको तयारी भइरहेको छ : प्रदिप ज्ञवाली

नवयुग संवाददाता
२०७७, ४ आश्विन आईतवार २२:०३

Advertisement

काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संशोधनसहित संसदबाट अनुमोदन हुने दावी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै मन्त्री ज्ञवालीले संसदको आगामी अधिवेशनबाटै एमसीसी अनुमोदन हुने बताएका हुन् । विगतमा विवाद भए पनि संशोधनसहित अनुमोदन गराउने विषयमा विवाद नभएको मन्त्री ज्ञवालीको जिकिर छ ।

Advertisement

मन्त्री ज्ञवालीले भारतसँगको नक्सा तथा सीमा विवाद समाधानका लागि वार्ताको तयारी भइरहेको जानकारी दिएका छन् । चीनसँग भने कुनै पनि विवाद र विमति नरहेको मन्त्री ज्ञवालीको भनाई छ । उनले सरकारको आलोचना गर्न आवश्यक नभएको भन्दै राम्रो काम गरिरहेको दावी गरेका छन् ।

Advertisement

संविधान दिवसका दिन दिन प्रदान गरिएको विभिन्न सम्मान उचित व्यक्तिलाई नदिइएको भनेर भइरहेको आलोचनाको पनि मन्त्री ज्ञवालीले खण्डन गरेका छन् ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*