मकवानपुरमा १ सय ४ केजी गाँजासहित तीनजना पक्राउ

नवयुग संवाददाता
६ आश्विन २०७७, मंगलवार ११:४८

मकवानपुर । मकवानपुर प्रहरीले १ सय ४ केजी लागूऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरी चौकी सुनाचुरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले १ सय ४ केजी गाँजासहित तीनजनालाई पक्राउ गरेको हो ।

मंगलबार (आज) बिहान करिब ४ बजे विशेष सूचनाको आधारमा प्रहरीले मनहरी गाउँपालिका वडा नं ६ स्थित लोथर खोलाको बगरबाट गाँजा बरामद गरेको हो । भारी बनाइ बोकी ल्याएको प्लास्टिकको बोरा चेकजाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राक्सिराङ गाउँपालिका वडा नं ९ का २६ वर्षीय रुप खड्का ठकुरी, सोही स्थानका ३० वर्षीय टलक बहादुर घलान र २७ वर्षीय मदन कोइरालालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*