एकैदिन १७०० रुपैयाँले घट्यो सुनको मुल्य

नवयुग संवाददाता
६ आश्विन २०७७, मंगलवार १२:४६

काठमाडौं । एकैदिन सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, मंगलबार तेजावी सुन प्रतितोला ९५ हजारमा कारोबार भएको छ । मंगलबार चाँदीको मूल्य तोलामा १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*