राष्ट्रिय वनमा पसेर रूख ढाल्ने पाँच जना पक्राउ

नवयुग संवाददाता
२०७७, ६ आश्विन मंगलवार १४:२१

Advertisement

मकवानपुर । राष्ट्रिय वनक्षेत्रभित्रै अवैध रूपमा सालको रूख ढालेर चिरान गरिरहेका पाँच जनालाई डिभिजन वन कार्यालय मकवानपुरले पक्राउ गरेको छ । रेन्जर यामकुमार श्रेष्ठको कमान्डमा खटिएको गस्ती टोलीले सोमबार जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बकैया–१ डाङडुङे राष्ट्रिय वनबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

डिभिजन वन प्रमुख इमनाथ पौडेलका अनुसार पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–२ का अञ्चित माझी, लालबाबु चौधरी, सत्यनारायण चौधरी, गुजरा–९ का सोहन माझी र वीरेन्द्र चौधरी छन् । ‘अझै एक जना फरार छन् । हामी खोजी गरिरहेका छौं’, उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*