मनहरीमा इनारभित्र मोटर बनाउन पसेका दुई जना वेपत्ता

नवयुग संवाददाता
९ आश्विन २०७७, शुक्रबार १२:२४

फाइल फोटो

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा इनारमा डुबेर दुईजना बेपत्ता भएका छन् । मनहरी गाउँपालिका वडा नंबर ७ को तल्लो मनहरी बजारमा रहेको शाह पार्टी प्यालेसको इनारमा मोटर बनाउन पसेका पार्टी प्यालेसका सञ्चालक सुरज शाह बेपत्ता भएका हुन् ।

मोटर बनाउन पसेको निकै बेरसम्म पनि शाह नआएपछि उनको खोजिको लागि इनारमा पसेका स्थानीय उत्सब नेपाली समेत बेपत्ता भएका छन् । दुबैजना नआएपछि बेपत्ता भएकाहरुको उद्धारको लागि इनार पसेका आनन्द लो पनि इनारको बिचमा नै अचेत भएका थिए ।

उनी पनि अचेत भएपछि उनलाई भने स्थानीयले उद्धार गरि उपचारको लागि भरतपुर पठाईएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए । इनारमा बेपत्ता भएकाहरुको हाल सशस्त्र प्रहरीले उद्धारकार्य गरिरहेको समेत उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*