२ सय ६६ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

नवयुग संवाददाता
९ आश्विन २०७७, शुक्रबार १६:५६

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ६६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ३९ जना भेन्टिलेटरमा र २२७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १३५ जना आइसियु र ३४ जना भेन्टिलेटर, प्रदेश ५ मा ३९ जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ११ जना आइसियु र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै प्रदेश २ मा १९, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १७ आइसियुमा उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*