जनकपुरमा नवजात शिशुको शव भेटियो

नवयुग संवाददाता
२०७७, ९ आश्विन शुक्रबार १७:०३

Advertisement

जनकपुर । शुक्रबार जनकपुरधाममा एक जना नवजात शिशुको शव फेला परेको छ । जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १४ स्थित विश्वकर्मा मन्दिर नजिक नवजात शिशु बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

धनुषा प्रहरीका प्रवक्ता मकेन्द्र मिश्रका अनुसार शिशुको हात र खुट्टा कुकुरले खाइसकेको अवस्थामा शव फेला परेको हो । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*