‘नेपाल किन बनेन?’ होइन ‘कसरी बन्छ ?’ सोचौँ

आकाश अधिकारी
७ चैत्र २०७५, बिहीबार १०:०४

वि.सं. १८२६ साल अघि सम्म नेपाल एकीकरण भएको थिएन । वि.सं. १८२६ साल अघिसम्म नेपाल २२ औँ र २४ औँ स–साना राज्यहरुमा बाँडिएको थियो । १८२६ सालमा नेपाल एकीकरण भयो र नेपाल अधिराज्यको स्थापना भयो । वि.सं. १९०२ सालदेखि १०५ वर्ष जहानिया राणा शासनको धङधङिमा देश चल्यो । वि.सं २००७ सालदेखि २०१७ पौष २२ सम्म प्रजातन्त्र आएता पनि स्थिर सरकार कहिले पनि चल्न पाएन , संविधान जुन भावना अनुसार थिएन , राजा र जनप्रतिनिधिबीच ठुलै मतभिन्नताहरु थिए । २०१७ पौष २२ गते बाट पंचायति व्यवस्थामा देश फस्यो । बल्ल बल्ल २०४६ चैत्र २६ गते प्रजातन्त्रको स्थापना भयो । प्रजातन्त्रको स्थापना भएपनि मुलुक सामन्ति निरकुंशतामा अल्झिरहयो ।

२०४६ साल को प्रजातन्त्रको स्थापना पश्चात २०४७ सालमा देशमा नयाँ संविधान बन्यो र २०४८ सालको बैशाख २९ गते निर्वाचन सम्पन्न भयो । जनताले २०४६ सालको जनआन्दोलन पश्चात भएको प्रजातन्त्रको स्थापनालाई उत्साहका साथ आत्मसाथ गरे र नेपाली काँग्रेसले बहुमत हासिल गरी जनताबाट सरकार बनाउने म्यान्डेड पनि पायो तर नेपाली काँग्रेसको आन्तरिक लडाईका कारण त्यो सरकारले केही पनि काम गर्न सकेन र बाध्यबस २०५१ सालमै मध्यावधि निर्वाचनको घोषणा भयो । २०५१ सालमा कुनै पार्टीको पनि बहुमत आउन सकेन र इतिहासमै पहिलो पटक कम्युनिष्ट पार्टि को नेपालकै इतिहासमा सबैभन्दा लोकप्रिय सरकार बन्यो । तर यो सरकार लाई पनि अनेक जालझेल गरी ९ महिना सम्म पनि काम गर्न नदिकन अपदस्थ गरियो । यसैवीच २०५२ साल फाल्गुन १ गतेबाट तत्कालिन माओवादीले सशस्त्र द्धन्द्धको शुरुवात गर्यो ।

यो सरकार अबको ५ बर्ष भित्र समृद्ध मुलुक बनाउने मिसनमा लागेको छ भन्ने कुरा स्पष्ट हुन्छ र सरकारले गरेका केही ऐतिहासिक कामहरुले मुलुक अब बन्दैछ भन्ने सकारात्मक सन्देश दिएको छ ।

देश त्यसपछि लामो समय द्धन्द्धमा फस्यो । २०५८ साल जेठ १९ गते राजा विरेन्द्रको वंश हत्या भयो र त्यसपछि २०५८ साल जेठ २२ गते राजा ज्ञानेन्द्र सत्तारोहण गरे । राजा ज्ञानेन्द्रले २०६१ साल माघ १७ गते राजनीतिक दलहरुप्रति प्रतिबन्ध गरे र प्रत्यक्ष शासनको घोषणा गरे । त्यसपछि देश थप अशान्त बन्दै गयो । कहिले बहुमतको सरकारको ढल्ने, कहिले काम गरिरहेको लोकप्रिय सरकार गिराउने, कहिले सशस्त्र द्धन्द, कहिले वंशनाश नै हुने गरी राजदरबार हत्याकाण्ड त कहिले प्रत्यक्ष शासन गर्ने नाममा निरकुंशता लादने कामले गर्दा २०४६ साल पछि जुन परिवर्तन भइसक्नु पर्थ्यो त्यो हुन सकेन ।

अन्तत व्यवस्था परिवर्तन नगरिकन जनताको जिवनस्तरमा र अवस्थामा परिवर्तन गर्न सकिदैन भन्ने निष्कर्षका साथ दलहरु एकजुट भए र व्यापक जनसहभागिताका साथ ०६२।०६३ को जनआन्दोलन सम्पन्न भयो र निकै वर्ष देखी जरोगाडेर बसेको निरकुंशता र सामन्तहरुको प्रतिनिधि संस्था राजसंस्थालाई दरबारबाट नागार्जुन डाडामा पुगाउन नेपाली जनता सफल भए ।

त्यसपछि २०५२ सालदेखी शुरुभएको सशस्त्र द्धन्द्ध १२ बँुदे सहमति पछि शान्ति सम्झौता मार्फत विधिवत रुपमा शान्तिपुर्ण बाटो बाट नै अबको राजनीतिक यात्रा हिडन सकिन्छ भन्ने मान्यतामा आइसकेको हुनाले १० वर्षे सशस्त्र जनयुद्धको अन्त्य भयो । यसरी १३५ बर्ष निरकुंश राजतन्त्र र १०७ बर्ष राणा शासनले यो मुलृकमा शासन गरे । नेपाल अधिराज्यको स्थापना पछि लगभग हामी २३५ वर्ष जति व्यवस्था परिवर्तनका लागि लड्यौ ।

संविधान घोषणा भएपश्चात तीन चरणमा मिति २०७४ बैशाख ३१, २०७४ असार १४ र २०७४ असोज २ मा स्थानिय तहको निर्वाचन सम्पन्न भयो र जनताले अधिकार सहितका जनप्रतिनिधिहरु पाए । र २०७४ मंसिर १० र २१ गते प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव भयो र यसरी तिनै तहको निर्वाचन सम्पन्न भएर मुलुकले बल्ल स्थिर सरकार पाएको छ ।

२०६२।०६३ को जनआन्दोलन पश्चात देशमा संविधान बनाउने काम अघि त बढ्यो तर गति लिन सकेन । दलहरुको खिचातानि र स्वार्थ,दलाल माफियाहरुको घेराबन्दि र विदेशि चलखेलका कारण २०७२ असोज ३ गतेसम्म यो मुलुक संविधान विहिन अवस्थामा थियो ।

२०७२ असोज ३ गते नेपालि जनताको भावना, त्याग र बलिदानबाट त्यहि अनुरुप नेपालको संविधान घोषणा भयो । संविधान घोषणा भएपश्चात तीन चरणमा मिति २०७४ बैशाख ३१, २०७४ असार १४ र २०७४ असोज २ मा स्थानिय तहको निर्वाचन सम्पन्न भयो र जनताले अधिकार सहितका जनप्रतिनिधिहरु पाए । र २०७४ मंसिर १० र २१ गते प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव भयो र यसरी तिनै तहको निर्वाचन सम्पन्न भएर मुलुकले बल्ल स्थिर सरकार पाएको छ ।

सरकारको एक वर्ष पुरा भएको छ यो अवधिमा विभिन्न कानुनहरु निर्माण गर्नु पर्ने, विभिन्न संरचनाहरु तयार गर्नु पर्ने र अबको ५ वर्ष भित्रमा सरकारले लिएको लक्ष्य पुरा गर्नका लागि लाग्ने आधारहरु तयार पार्नु पर्ने काममा सरकार लागी पर्यो ।

दलदलमा फसेको देशको अर्थतन्त्रलाई व्यवस्थित बनाई पहिलेको भन्दा बढी राजश्व संकलन गर्न र आर्थिक अनुशासन कायम गर्न सक्नु , कमजोर अवस्थामा रहेको परराष्ट्र नीति लाई माथी उठाएर छिमेकिसंगको सम्बन्ध सुमधुर बनाउन सक्नु र अन्तराष्ट्रिय स्तरमा समेत राम्रो उपस्थिति जनाउन सक्नु, श्रम गर्ने मजदुरहरुको पक्षमा ऐन नै बनाएर सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने जस्ता कामहरु, जनताको मौलिक अधिकार पुरा गर्न विभिन्न ऐनहरु नै बनाएर कार्यान्वयन गर्नु, बर्षाै बर्ष लगाएर हातमा परेको सर्टिफिकेट को पनि मुल्य हुन्छ शैक्षिक प्रमाणपत्रनै विद्यार्थीको मुल्यवान सम्पत्ति हो भन्ने कुरालाई पुष्टि गर्दै शैक्षिक प्रमाणपत्रलाई धितो राखी शैक्षिक र व्यवसायिक कर्जा लिन पाउने व्यवस्थाको थालनि गर्नु, अर्काको भुमिमा गएर रगत पसिना चुहाएर आफ्नो परिवारको मात्र नभई देशकै अर्थतन्त्रमा समेत ठूलो सहयोग पुर्याउदै आउनु भएका नेपाली दाजुभाई दिदि बहिनिहरुलाई सकेसम्म देशभित्रै लगानि गरेर व्यवसाय गर्ने नसक्दा बाहिर नै जानुपर्दा पनि उचित पारिश्रमिकको व्यवस्था, जिउ धनको सुरक्षाको व्यवस्था र विदेशी भुमिमा कुनै पनि नेपालीको विजोग हुन नदिने गरी मात्र श्रम स्वकृति दिएर विदेश पठाउने नीति बनाउनु , विदेश जान बाध्य नेपालीलाई ठगी हुन नदिन त्यसै अनुरुपको म्यानपावर कम्पनिहरुलाई कडाई गर्ने ऐन ल्याउनु , पर्यटनको क्षेत्रमा देखिएको अधभूत परिवर्तन र नेपाली वायु क्षेत्रमा देखिएका परिवर्तनहरु केही यस्ता संकेतहरु हुन् जसले यो सरकार अबको ५ बर्ष भित्र समृद्ध मुलुक बनाउने मिसनमा लागेको छ भन्ने कुरा स्पष्ट हुन्छ र सरकारले गरेका केही ऐतिहासिक कामहरुले मुलुक अब बन्दैछ भन्ने सकारात्मक सन्देश दिएको छ ।

हाम्रो भूमिका

मुलुक समृद्ध बनाउने सरकारको मात्र सरोकारको विषय होइन , यो हाम्रो पनि विषय हो । झन हामी युवा विद्यार्थीहरुको लागी त महत्वपूर्ण हो किन कि यो मुलुकका हामी भविष्य हौ । हाम्रा निकै धेरै सपना र आवश्यकताहरु छन जो यो देश समृद्ध भएमात्र पुरा हुन सक्छ ।

हामी आफ्नै देशमा स्वरोजगार भइ श्रम गर्ने वातावरण चाहन्छौं  , हामी कोही पनि युवा विदेशी भुमिमा होइन नेपालमै पसिना बगाएर सुन फल्ने वातावरण चाहन्छौं , सिपमुलक र आर्यआर्जन गर्न सक्ने शिक्षा लिन चाहन्छौं , हामी अन्तराष्ट्रिय स्तरमा ख्याति कमाउन सकिने र प्रतिस्पर्धा गर्न सक्ने र नेपालमै यहिको माटोमा माटो सुहाउदो उद्यम गर्न सक्षम बनाउने खालको गुणस्तरिय शिक्षा चाहन्छौं । हामी पैसाको आधारमा होइन कि इच्छा र बौद्धिक क्षमताको आधार सबै तहका सबै वर्गका जनताका छोरा छोरीले पढन पाइने वर्गिय शिक्षा चाहन्छौं ।

किन देश बनेन ? होइन अब देश कसरी बन्छ ?भन्ने कोणबाट बहस चलाउन जरुरी छ । सरकारले कस्तो पहिरन लगायो वा कस्तो भात खायो भन्ने कुराको होइन कस्तो आचरण देखायो र कस्तो नीति ल्यायो भन्ने कुराको बहस हुन जरुरी छ ।

हामी औषधि नपाएर मर्नु पर्ने अवस्थाको अन्त्य चाहन्छौं , हामी कुनै पनि रोगको उपचार नपाएर मर्नु पर्ने अवस्थाको अन्त्य चाहन्छौं । हामी हाम्रै गाउँठाउँमा गुणस्तरिय र सस्तो स्वस्थ्य सेवा चाहन्छौं । हामी हाम्रै कालमा यो देशमा विभिन्न मुलुकबाट घुम्नमात्र नभई रोजगारकै लागी पनि विदेशीहरु आएकोे हेर्न चाहन्छौं । नेपाल संसारकै सबै भन्दा बढी उर्जा उत्पादन गर्ने मुलक हो भन्ने कुराको समाचार सुन्न चाहन्छौं , नेपाल विश्वकै सबैभन्दा बढी पर्यटक घुम्न जाने देश हो भन्ने रेकर्ड कायम गरेको हेर्न चाहन्छौं । हामी हाम्रै कालमा विदेशमा युद्ध हुदाँ विर गोर्खालि सेना मात्र होइन,ठूला ठूला महामारी फैलिदा सेवा गर्नका लागी डाक्टर र नर्सहरु पनि पठाको हेर्न चाहन्छौं , आर्थिक रुपमा पछि परेका राष्ट्रहरुलाई ठूलो आर्थिक सहयोग गरेको हेर्न चाहन्छौं । हामी हाम्रै कालमा नेपालले फूटबल, क्रिकेट जस्ता विश्वविख्यात खेलहरुको वल्र्डकप खेलेको र जितेको हेर्न चाहन्छौं । यो सबै कुरा तब मात्र सम्भव हुन्छ जब हाम्रो मुलुक समृद्ध हुन्छ । हाम्रो मुलुक समाजवाद तर्फ उन्मुख भइसकेको छ तर समाजवाद मा पुग्न सजिलो छैन ।

हामीले जबसम्म हाम्रो सोच, हाम्रो जिवनशैली, हाम्रो चिन्तन समाजवादी र सकारात्मक बनाउदैनौ, भनेर मात्र कानुन बनाएर मात्र समाजवाद आउदैन । विशेषगरी हामी युवाहरु यो कुरामा सचेत हुन पर्छ । आज हामीले समृद्धिलाई आफ्नो बहसको विषय बनाउन जरुरी छ , हामीले समाजवादी चिन्तनलाई हाम्रो बहसको विषय बनाउन जरुरी छ , सरकारले गरेको कामहरु र नीतिहरुलाई समृद्धिको दृष्टिकोणबाट र सकारात्मक कोणबाट बहस गर्न जरुरी छ , आलोचना गर्दा हचुवा तर्कको आधारमा नभई समृद्धिको, विकासको, समाजवादि आचरणको दृष्टिकोणबाट तथ्यगत तौरतरिकाले गर्न जरुरी छ ।

तर विडम्बना आज हाम्रो बहसको विषय , किन देश बनेन भन्ने कुरामा मात्र सिमित छ । किन देश बनेन ? होइन अब देश कसरी बन्छ ?भन्ने कोणबाट बहस चलाउन जरुरी छ । सरकारले कस्तो पहिरन लगायो वा कस्तो भात खायो भन्ने कुराको होइन कस्तो आचरण देखायो र कस्तो नीति ल्यायो भन्ने कुराको बहस हुन जरुरी छ । सरकारले कसलाई प्रतिबन्ध किन लगायो र कससंग किन वार्ता गर्यो भन्ने बहस होइन त्यसले देशको शान्ति सुरक्षालाई र विकास निर्माणकोे कामलाई फाइदा गर्छ कि गर्दैन, त्यसले अनावश्यक विदेशी हस्तक्षेपलाई निस्तेज पार्छ कि पार्दैन? भन्ने कोणबाट बहस गर्न जरुरी छ । समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्य हामी सबैको लक्ष्य हो हामीले हाम्रो ठाउँबाट त्यो लक्ष्य प्राप्तिको लागी अग्रसरता देखाउन जरुरी छ ।

(लेखक अनेरास्ववियुका नेता र मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु सचिव हुन् ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*