कानूनका कुराः यौन इच्छा र करणी
यौन इच्छा र करणीः मानिस देखि हरेक प्राणीलाई आवश्यक पर्ने यौन चाहना र यसको प्रयोग हेरियो भने कसैले सिकाउन नपर्ने र पढ्न नपर्ने यस्तो ज्ञान प्राणीको उमेर अनुसार आफसे आफ विकसित हुने यौन चाहनालाई वैज्ञानिक रुपले प्रयोग गरे यो बरदान हुने र अवैज्ञानिक तरिकाले गरे वा जबर्जस्ती गरे अपराध हुने यौन विधिशास्त्रले बताएको पाइन्छ । हरेक प्राणीको वंश वृद्धिको आधार भनेको यौन कृया नै हो तर आजको २१ औं शताब्दिको विज्ञानले प्रत्यक्ष शारिरीक चिनजान तथा घर्षण नगराई निजको विर्यलाई प्रविधिको माध्यमद्वारा महिलाको पाठेघरमा राखेर पनि बच्चाको उत्पादन नगरेको होइन ।
तर विवाह भन्ने संस्थाको माध्यमद्वारा विवाह गरेर श्रीमान श्रीमतीको रुपमा उमेर पुगेका केटा केटीबीच यौन इच्छा पुरा गर्ने र बालबच्चाको जन्म गराई वंश निरन्तरता गराउने प्रचलन परापूर्वकाल देखि चलिआएको रीत र परम्परा हो ।
सन्यासी योगी ब्रम्हकुमार कुमारीहरुले आफ्नो यौन चाहनालाई ध्यान र योगको माध्यमबाट कंट्रोल गरेको पनि पाईन्छ । कति पय धर्म गुरुहरुले आफ्नै चेलीहरुलाई जबर्जस्ती करणी गरेको कारण जेल सजाय नपाएका नभोगेका पनि होईना ।जसरी प्रणी जगतलाई पानी, खाना, निन्द्राको प्यास लागे झै यौन चाहना पनि उसको आबश्यकता हो । बिबाहित जोडीले त आ-आफ्ना पति पत्नि बिच आफ्ना इच्छा आकांक्षा पुरा गर्दछन भने एकल, अबिबाहित, उमेर पुगेका बयश्कले आफ्ना यौन चाहनालाई के कसरी पुरा गर्छन यो अदृस्य रुपमा रहेको छ । कसैले खुलेर बताउदैनन तर यौन तृष्णा पुरा गरेकै हुन्छन । कति पयले बैज्ञानिक उपकरणको प्रयोगबाट पनि आफ्ना यौन चाहना पुरा गर्दछन भने कति पयले जबर्जस्ती करणी गरेर भए पनि आफ्नो क्षेणिक इच्छा पुरा गर्दछन र अपराधी बन्दछन । नेपालमा बेला बेलामा पत्रपत्रिकाहरुमा जबर्जस्ती करणीका घटनाको बारेमा समचार आईरहेका छन । आफ्नै नातेदारहरुबाट, प्रेमको बाहना गरी आफ्नै प्रेम प्रेमीकाबाट, अबोध बालिका कुमारीहरुलाई यौन पिपासुहरुले निन्दनीय रुपमा जबर्जस्ती करणी गरी हत्या समेत गरेका कैयौ समचार नियमित आई रहेका छन । नेपालको कानूनले करणीलाई चार चरणमा बाँधेको छ ।
सहमतीले गरिने करणी, यौन दुर्ब्यबहार, आसय करणी, करणीको उद्योग र जबर्जस्ती गरिने करणी । उमेर पुगेका कुनै पनि महिला पुरुष बिच आपसी माया प्रेमका साथ गरिने सहमतीय करणीलाई अपराध मानिएको छैन । तर असहमतीले गरिने यौन दुर्ब्यबहार, आसय करणी, करणीको उद्योग र जबर्जस्ती गरिने करणीलाई अपराध मानेको छ । मुलुकी अपराध संहिता,२०७४ मा कसैले कसैलाई जबर्जस्ती करणी गर्न हुदैन । कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि अठार बर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ । उमेर पुगेकोलाई पनि करकाप, अनुचित प्रभाब, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई, होस ठेगानमा नरहेको अबस्थामा, गुदद्वार, मुखमा लिङ्ग पसाएमा गुद्दार मुख योनीमा लिङ्ग केहि मात्र पसेको भएमा, लिङ्ग बाहेक अन्य कुनै बस्तु योनीमा प्रबेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिन्छ भन्ने छ ।
कसैले करणीका आशयले बालबालिकालाई अस्वभाबिक रुपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अंङ्ग छोएमा वा समातेमा, आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा यौन जन्य अस्वभाबिक ब्यबहार गरेमा बाल यौन दुरुपयोग गरेको मानिने छ । कसैले कसैको मञ्जुरी बिना अप्राकृतिक मैथुन गर्नु वा गराउनु हुदैन । गरेमा अपराध हुन्छ ।
यौन दुर्ब्यबहारः कसैले कसैलाई यौन दुर्ब्यबहार गर्न वा गराउनु हुदैन । कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य ब्यक्तिलाई निजको मञ्जुरी बिना करणीका आसयले समातेमा वा निजको संबेदनशील अङ्ग छोएमा वा छुने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अबरोध गरेमा वा निजलाई अस्वभाबिक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसंग अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा साङ्केतिक रुपमा वा बिद्दुतीय माध्यमबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्बिर देखाएमा, यौनका आशयले जिस्काएमा वा हैरानी दिएमा वा निजसंग अस्वभाबिक, अवाञ्छित वा अमर्यादित ब्यबहार गरेमा यौन दुर्ब्यवहार गरेको मानिन्छ । यस प्रकारको कसुर गर्ने लाई र बालयौन दुरुपयोग गर्नेलाई ३ बर्ष सम्म कैद र तीस हजार रुपैया सम्म जरिवाना हुन्छ ।
जबर्जस्ती करणी गर्नेलाई हुने सजायः दश बर्ष भन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा ७० बर्ष भन्दा बढी उमेरका महिला भए जन्म कैद, १० बर्ष भन्दा बढी १४ बर्ष भन्दा कम उमेरकी बालिका भए १८ बर्ष देखि २० बर्ष कैद, १४ बर्ष भन्दा बढी १६ बर्ष भन्दा कमकी भए १२ बर्ष देखि १४ बर्ष कैद, १६ बर्ष भन्दा बढि १८ बर्ष भन्दा कम उमेरकी बालिका भए १० देखि १२ बर्ष कैद र १८ बर्ष भन्दा बढी उमेरकी महिला भए ७ बर्ष देखि १० बर्ष सम्म कैद हुने कानूनी ब्यबस्था छ ।
हदम्यादः हाडनातामा करणी गर्नेलाई जहिले सुकै, जबर्जस्ती करणी गर्नेलाई १ बर्ष सम्म, पशु करणी गर्नेलाई ३ महिना भित्र र थुनामा रहेकी वा नियन्त्रणमा लिएको वा अपहरण गरेको वा शरीर बन्धक लिएको ब्यक्ति थुना मुक्त भएको मितिले ३ महिना भित्र नालेश दिनु पर्छ । हदम्याद नघाँई आएमा जाहेरी दर्खास्तब दर्ता हुदैन । लेखकले यस्तो अपराध समाजमा नघटोस र घटी हाले भने पिडितले न्याय र पिडकले सजाय पाउनु पर्दछ भन्ने मान्यता राख्दछ । निर्मला पन्तलाई जबर्जस्ती करणी गरी मारेर फालेकोमा हाल सम्म अपराधीलाई पक्राउ गरी सजाय दिन राज्य असफल भएको छ ।
यस्ता घटनामा राज्य संबेदनशिल भई अपराधीलाई कडा भन्दा कडा सजाय दिलाउन सफल होस । महिलाले जबर्जस्ती करणी गरीन भन्ने समचार बिरलै सुन्न र समचार बन्दछ तर पुरुषमात्र यो घटना घटाउन किन उद्दत छन यो अनुसन्धानको बिषय पनि बनाउन पर्ने बेला आएको छ । राज्यले कुनै एरिया तोकेर बैधानिक यौन ब्यबसाय गर्न दिने हो भने राज्यलाई पनि कर आम्दानी हुने र समाजमा जबर्जस्त रुपमा घटेका यौनका दर्दनाक घटनाहरुमा कमी आउथ्यो कि ?
