पहिलो पटक प्रदेशमै खुल्यो लोक सेवा विज्ञापन, यी पदमा आवेदन आह्वान

नवयुग संवाददाता
२८ आश्विन २०७७, बुधबार ०९:३७

रुपन्देही । लुुम्बिनी प्रदेश लोक सेवा आयोग बुटवलले पहिलो पटक स्वास्थ्य र इन्जिनीयरिङतर्फ विज्ञापन आह्वान गरी कर्मचारी माग गरेको छ । स्वास्थ्यको आठौं तहतर्फ ४९ जना र सातौंतर्फ १५ जनाको कर्मचारी माग गरेको हो । सातौंतर्फ नर्सिङ, फिजियोथेरापिस्ट, ल्याब टेक्नोलोजिस्ट माग गरिएका छन् ।

इन्जिनीयरिङतर्फ ३२ जना आठौं तहका कर्मचारी माग गरिएको बुधवार प्रकाशित विज्ञापनमा उल्लेख छ । लुम्बिनी प्रदेश लोक सेवा आयोगका प्रवक्ता सुुर्यप्रसाद भुुसालले इन्जिनियरतर्फ सिभिल हाइवे, सिभिल जनरल, आर्किटेक इन्जिनीयर लगायतका पदमा कर्मचारी माग गरिएको लोकान्तरलाई जानकारी दिए ।

उनले निवेदन दिने अन्तिम म्याद कात्तिक १८ गतेसम्मका लागि रहेको बताए । दोब्बर दस्तुुर तिरेर कात्तिक २५ गतेसम्म निवेदन दिन सकिने छ ।

लुम्बिनी प्रदेशका सबै क्षेत्रमा दरबन्दी अनुुसारका कर्मचारी छैनन् । प्रदेश लोक सेवा आयोग गठनपछि विज्ञापन समेत आह्वान गर्न थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*