आईफोन १२ का नयाँ चार मोडल सार्वजनिक (मूल्य र विशेषतासहित)

नवयुग संवाददाता
२८ आश्विन २०७७, बुधबार १४:१८

एजेन्सी । अमेरिकी टेक कम्पनी एप्पलले बहुप्रतिक्षित आईफोन १२ का विभिन्न चार मोडलहरू सार्वजनिक गरेको छ । ‘हाई स्पीड’ इभेन्टमार्फत एप्पलको सबै नयाँ आईफोन १२ लाइनअपमा सार्वजनिक गरेको हो ।

एप्पलले सो इभेन्टमा ५.४ इन्चदेखि ६.७ इन्चसम्मका नयाँ आईफोन मोडलहरु लन्च गरेको छ । जसको मूल्य ६९९ अमेरिकी डलरदेखि १,०९९ डलरसम्म तोकिएको छ ।

कम्पनीले आईफोन १२ मिनी, आईफोन १२, आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्स सार्वजनिक गरेको छ ।

सबै आईफोन १२ सिरिजमा ५ जी कनेक्टिभिटी पनि सपोर्ट हुनेछ । आईफोन १२ मोडलहरूमा एमएमवेभ ५जी साथै सब सिक्स गिगाहर्ज ५ जीको सपोर्ट छ ।

यस्ता छन् विशेषता र मूल्य

आईफोन १२ मिनी:

  • डिस्प्ले – ५.४ इन्च
  • कलर – कालो, सेतो, रातो, निलो र हरियो
  • स्टोरेज अप्सन – ६४ जीबी, १२८ जीबी, र २५६ जीबी
  • डल्बी भिजन भिडियो रेकर्डिङ्ग
  • डुअल क्यामरा, वाईड एंगल प्लस अल्ट्रा-वाइड एंगल, १.६
  • मूल्यः ६९९ डलरबाट सुरू

आईफोन १२

  • डिस्प्ले : ६.१ इन्च
  • कलर : कालो, सेतो, रातो, निलो र हरियो
  • स्टोरेज अप्सनः ६४ जीबी, १२८ जीबी, र २५६ जीबी
  • डल्बी भिजन भिडियो रेकर्डिङ्ग
  • डुअल क्यामरा, वाईड एंगल प्लस अल्ट्रा-वाइड एंगल, १।६
  • मूल्यः ७९९ डलरबाट सुरू

आईफोन १२ प्रो:

  • डिस्प्ले : ६।१ इन्च
  • कलर :  गोल्ड, सिल्भर, ग्राफिट र निलो
  • स्टोरेज अप्सनः १२८ जीबी, २५६ जीबी र ५१२ जीबी
  • डल्बी भिजन भिडियो रेकर्डिङ्ग
  • क्यामेरा : डुअल क्यामरा, वाईड एंगल प्लस अल्ट्रा-वाइड एंगल, टेलिफोटो प्लस लाईडार, फोरएक्स अप्टिकल जूम
  • मूल्यः ९९९ डलरबाट सुरू

आईफोन १२ प्रो म्याक्स

  • डिस्प्ले : ६.७ इन्च
  • कलर .  गोल्ड, सिल्भर, ग्राफिट र निलो
  • स्टोरेज अप्सनः १२८ जीबी, २५६ जीबी र ५१२ जीबी
  • डल्बी भिजन भिडियो रेकर्डिङ्ग
  • क्यामेरा : डुअल क्यामेरा, वाईड एंगल प्लस अल्ट्रा-वाइड एंगल, टेलिफोटो प्लस लाईडार, फाइभएक्स अप्टिकल जूम
  • मूल्यः १,०९९ डलरबाट सुरू

एप्पलका अनुसार आइफोन १२ का सबै सिरिज अक्टुबर २३ देखि बजारमा उपलब्ध हुनेछन् । यसको प्रिअडर भने अक्टुबर १६ देखि गर्न सकिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*