सहकर्मीको हत्या गरी फरार रहेका एक जना २३ वर्षपछि पक्राउ

नवयुग संवाददाता
१९ कार्तिक २०७७, बुधबार १७:४६

ललितपुर । सहकर्मीको हत्या गरी फरार रहेका एक जना २३ वर्षपछि पक्राउ परेका छन् । २०५४ साल कात्तिक १६ गते सहकर्मी श्याम खड्काको हत्या गर्ने मानकाजी श्रेष्ठ पक्राउ परेका प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई ललितपुर महानगरपालिका ५ को थसीखेलबाट बुधबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।

श्रेष्ठलाई बुधबार नै काठमाण्डौ जिल्ल अदालतमा पेस गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*