यसकारण बनाइयो ‘ठकुरी सहयोग सञ्जाल’ !

राधिका ठकुरी
१२ चैत्र २०७५, मंगलवार ०९:५५

ठकुरीहरुको सन्दर्भमा कुरा गर्नु पर्दा पहिले नेपालको इतिहास अध्ययन गर्नु जरुरी हुन्छ। इतिहासमा ठकुरी शब्दको उत्पती राज्य संगै भएको हो। ठकुरी शब्द जातबाट नभई जिम्मेवारीसंग जोडिएको छ। नेपालको इतिहासमा राज्यको उत्पती स साना भू–भागमा आफ्नो अधिपत्य कायमबाट विकास भएको देखिन्छ। ती स–साना भूभागलाई त्यसबेला ठकुर्याई भनिन्थ्यो।ती ठकुर्याईको संरक्षक वा अधीपतीलाई ठकुरी भनिन्थ्यो। कालान्तरमा राज्यको संचालनसंग जोडिएको ब्यक्ति वा समुहहरु ठकुरीजातीको रुपमा उदय भयो।

नेपालको एकीकरण भन्दा अगाडी उपत्यका बाहेक अधिकांश भु भागमा ठकुरीहरुको राज्य थियो जसलाई २२ से २४ राज्य र शेनहरुको राज्यको रुपमा इतिहासमा उल्लेख गरीएको छ। ठकुरीहरु कुनै नै कुनै राज्यसंग जोडीयको हुन्थ्यो त्यसकारण ठकुरी भन्नासाथ राज्य संचालन संग स्वत जोडिन्थ्यो। सबै जातजातीको सहभागीता र बडामाहाराज धिराज पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भएको नेपालको एकीकरणलाई सबै ठकुरीहरुले सहर्ष स्वीकार गरेको कारण एकीकरण सफल भयो। सिंगो नेपालको निर्माता पनि ठकुरी जातीकै भएको कारण लामो समय सम्म ठकुरीको राज्यसंग प्रत्यक्ष सम्बन्ध हुनु स्वभाविक नै थियो तर त्यसको प्रतिफल सिमित ठकुरीहरलाई मात्र भयो केही नगन्य ठकुरीहरुको मात्र जिवनस्तर राम्रो भयो भने अधिकांश ठकुरीहरुको जीवनस्तर कमजोर रहन गयो।

यही कारणले २०४५ सालमानै ठकुरीहरुको जीवनस्तरलाई राम्रो बनाउन बलियो ठकुरी संस्थाको आवश्यकताको महशुस भयो अनी ठकुरी जातीसंग जोडिएर ठकुरी संस्थाहरु खोलीन सुरु भए । खोलिएका ठकुरी संस्थाहरुबाट आसातित सफल्ता प्राप्त हुन नसकेको कारण २०७० सालमा युवाहरुको सक्रियतामा ठकुरी सहयोग संजालको स्थापना भयो। संजाल स्थापना हुदां ठकुरी जाती र राज्यको विषयलाई लिएर गम्भीर बहस र छलफलका साथ संस्थाले आफ्नो विधानमा नै पूर्वजहरुको सन्देश ‘अनेकतामा एकता एकतामा हार्दिकता राष्ट्रिय एकताको लागी हाम्रो प्रतिबद्धता’लाई मुल मर्म मानी विधानको प्रस्तावनमानै लिपी बद्ध गरी त्यही अनुसारको सांगठनिक संरचना, नीति र कार्यक्रम तय गर्यो। सांगठनीक संरचनाको हकमा स्वदेश तथा बिदेशमा एउटै नाम, एउटै संस्था, एउटै लोगो र एउटै उदेश्य साथ केन्द्रको विधानकै आधारमा शाखा विस्तार गर्ने, नीतिको हकमा एकता (unite), शशक्तिकरण (Empower), ब्यबसायीकरण (Capatalize) दिगोपन (sustain) र कार्यक्रमको हकमा पहिचान सहितको संवृद्ध ठकुरी समुदाय जातीय सदभाब सहितको राष्ट्रिय एकताको कार्यक्रम तय गरी सफल रुपमा कार्यान्वयन समेत गर्दै आईरहेको छ।

ठकुरी सहयोग संजाललाई बुझ्न सामान्य र विशेष गरी २ तरिकाले परिभाषित गर्नु पर्ने हुन्छ। सामान्य अर्थमा परिभाषित गर्दा ठकुरी सहयोग संजाल भन्नाले विशुद्ध ठकुरीहरुको पारिवारिक संस्था हो यसले ठकुरीहरुको पहिचान र समृद्धिसंग जोडेर कार्य गर्छ भने विशेष अर्थमा ठकुरी सहयोग संजाल भनेको राष्ट्रिय एकता, अखण्डता, सार्वभौमता, स्वतन्त्रताको आवाज बुलन्द गर्ने एक सामाजिक संस्था हो जसले जातीय सदभाव र धार्मिक सहिष्णुतासंग जोडिएर कार्य गर्छ। अबका दिनमा पहिचान र सम्बृद्धि सहितको एकीकृत ठकुरी समुदाय ले जातिय सदभाब र धार्मिक सहिष्णुताको लागी गम्भीर भयर नलाग्ने हो भने पुर्खाले कायम राखेको ठकुरी जातीको बलियो आन मान सान स्खलीत हुने मात्र होईन पुर्खाको रगत र पसिनाले आरज्यको यो हाम्रो मात्री भुमीलाई हामीले हाम्रो भन्न बाट सदाको लागी बन्चीत हुनेछौ। तसर्थ जातीय सदभाब र धार्मिक सहिष्णुता सहितको राष्ट्रिय एकता आजको आबस्यकता हो।जातीय सदभाब र धार्मिक सहिष्णुता बिना राष्ट्रिय एकता असम्भब छ। राष्ट्रिय एकता बिना देसको सम्बृद्धि असम्भव छ सम्बृद्धि बिना स्वतन्त्र, सार्वभौम, अखण्ड देश र सुखी नेपाली असम्भव छ।

ठकुरी सहयोग संजालले आफ्नो लक्ष्य प्राप्त गर्न स्वदेस एंबम बिदेसको शाखाहरुको सहभागिता र संलग्नतामा देस ब्यापी कार्यक्रमहरु गरदै आयको जुन सजीलै संग संजालको आधीकारीक Website, Facebook, Page हरुबाट जानकारी प्राप्त गर्ने सकिन्छ। ठकुरी सहयोग संजालले चैत्र ३० गते ठकुरी र ठकुरी समुदायको महोत्सवकै रुपमा छैटौ संस्करण अन्तरगत मकवानपुर हेटौडामा बुहत जमघट एंबम भेटघाट कार्यक्रम गर्न गईरहेको छ। उक्त कार्यक्रम मकवानपुर ठकुरी र ठकुरी सहयोग संजालको बारे विस्तृत जानकारीको साथ हाम्रो पुर्खाहरुको शन्देस अनेकतामा एकता एकतामा हार्दिकता राष्ट्रिय एकताको लागी हाम्रो प्रतिबद्धतालाई मुल मर्म मानी केन्द्र लगायत सम्पूर्ण शाखाहरुले पहिचान र सम्बृद्धि सहितको ठकुरी समुदाय, जातीय सदभाब र धार्मिक सहिष्णुता सहितको राष्ट्रिय एकताको लागी आफ्नो वार्षिक कार्यक्रम, संजालले ठकुरीहरुको एकताको लागी खेलेको भुमिका श्रव्य दृश्य मार्फत पेस गर्ने, स्टल मार्फत ठकुरीहरुको उत्पती, बंश गोत्र, कुल, सांस्कृतिक परम्परा, भाषा, भेषभुषा, सिक्षा, स्वास्थ्य, ब्यबसाय, ठकुरी सहयोग संजालको टि शर्ट, साडी र स्मार्ट सदस्यता पत्र बितरण गर्ने । ठकुरीहरुमा प्रचलनमा रहेको सांस्कृतिक नित्य झाकीहरुको प्रस्तुत गर्ने लगायतका महत्वपूर्ण कार्यहरु गर्ने घोषणा गरेको छ। संजालले मकवानपुर हेटौडामा कार्यक्रम राख्नुमा पनी बिषेस महत्व छ।

मकवानपुरको आफ्नै ऐतिहांसिक र रणनीति महत्व छ इतिहासलाई हेर्दा नेपालको एकिकरण भन्दा अगी मकवानपुरलाई आधार मानी बिसाल शेन बंशीय राजाहरुले हिन्दु पतीको उपाधी प्राप्त गरी लगभग ४९८ वर्ष शासन गरेको पबित्र भुमी हो भने एकिकरणको क्रममा गोर्खाली सेना द्वारा फिरंङगी हरुको बिसाल अंगृरेज सेना माथी बिजय पायको र वर्तमानमा सिंगो नेपालको राजधानीलाई समेटेको ३ नम्बर प्रदेसको राजधानी रही देसको मुख्य ब्यापारीक सहरको रुपमा स्थापित पबित्र भुमी हो। यस्तो पबित्र भुमीमा गरीयको कार्यक्रमले हरेक क्षेत्रमा सकारात्मक संचार गर्नेमा हुंदा हेटौडामा गरीने कार्यक्रमको आफ्नै विशेष महत्व रहन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*