बियरको ५८ वटा बोतलमा ४३ लिटर एसिड, एक पक्राउ

नवयुग संवाददाता
३० कार्तिक २०७७, आईतवार १३:५४

धनुषा । जनकपुरमा एक महिलामाथि एसिड प्रहार भएको घटना सेलाउन धनुषा प्रहरीले ठूलो परिमाणमा एसिड बरामद गरेको छ । श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा पक्राउ गरेका संजीव साहको बयानको आधारमा प्रहरीले ४३ लिटर एसिड बरामद गरेको हो ।

प्रहरीले ४३ वट बियरको बोटलमा एसिड भरेर राखिएको अवस्थामा नागेन्द्र साहलाई जनकपुरधाम उपमहानगरापालिका वडा नम्बर ४ स्थित किराना पसलबाट पक्राउ गरेको छ ।

एउटा बोतलमा ७ सय ५० मिलिलिटरको मात्रामा रहेको एसिड भेटिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । बस्नेतले आरोपित साहले विराटनगरका एक व्यापारीबाट एसिड खरिद गरि ल्याएर राखेको पाइएको जनाए । आरोपित साहले बताए अनुसार विराटनगरमा बिक्री गर्ने व्यापारीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनको भनाइ छ ।

महिलामाथि एसिड प्रहार लगायतका घटनामा वृद्धि हुन थालेपछि सो एसिड प्रहारमा संलग्न हुनेलाई कठोर कानुन सजाय सहितको अध्यायदेश नेपाल सरकारले जारी गरेको छ ।

नयाँ कानुन अनुसार एसिड प्रहारबाट अंगभंग भएमा २० वर्षसम्म कैद र बिना अनुमति बिक्री वितरण गर्नेलाई १० वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*