घट्यो सुनको मूल्य, तोलाको कति ?

नवयुग संवाददाता
३ मंसिर २०७७, बुधबार १२:४२

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । बुधबार सुनको मुल्य तोलामा १ सय रुपैयाले घटेको हो ।

कात्तिक २८ गते प्रतितोला ९५ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*