सलमान खान आइसोलेसनमा

नवयुग संवाददाता
४ मंसिर २०७७, बिहीबार ०८:५६

Advertisement

मुम्बइ । बलिउड अभिनेता सलमान खानले आफूलाई आइसोलेट गरेका छन् । सलमानका ड्राइभरसहित अन्य २ स्टाफ कोरोना संक्रमित पाइएपछि सलमानले आफूलाई आइसोलेट गरेका हुन् ।

Advertisement

सलमानले अहिले बिग बोस होस्ट गरिरहेका छन् । यस्तोमा आगामी एपिसोडका लागि उनी उपलब्ध हुन्छन् वा हुँदैनन् भन्ने हेर्न बाँकी नै छ ।

Advertisement

सलमानले हालै राधे फिल्मको सुटिङ पनि सुरु गरेका छन् । फिल्ममा उनीसँग अभिनेत्री दिशा पाटनी हुनेछिन् । पछिल्लो २–३ महिनामा कैयौं बलिउड सेलिब्रेटीले काम सुरु गरेका छन् । कोरोना महामारी र लकडाउनका कारण फिल्मको सुटिङ रोकिएको थियो । कोरोनाको खतरा अहिले पनि छँदैछ यसका बावजुद फिल्म उद्योगले विस्तारै काम सुरु गर्दैछ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*