मकवानपुर घर भएका पत्रकार गोकर्ण गौतमको निधन

नवयुग संवाददाता
४ मंसिर २०७७, बिहीबार १३:३०

Advertisement

मकवानपुर । पत्रकार गोकर्ण गौतमको निधन भएको छ । कान्तिपुर दैनिकमा कार्यरत २९ वर्षका पत्रकार गौतमको बिहीबार बिहान न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको हो।

Advertisement

टाउकोको नसा सुनिएको देखिएपछि न्यूरो अस्पतालमा उनको शल्यक्रिया भएको थियो । शल्यक्रिया सफल हुन नसकेको पत्रकार सामिप्यराज तिमल्सिनाले जानकारी दिएका छन् ।

Advertisement

पत्रकारितामा स्नातकोत्तर गरेको मकवानपुरका स्थायी बासिन्दा गौतमले काठमाडौँमा बसेर पत्रकारिता गर्दै आएका थिए । उनले अंग्रेजी पत्रिका न्यूपेपर, देशान्तर, नेपाल म्यागजिनमा पनि काम गरेका थिए ।

Advertisement

उनका श्रीमती, आमाबुवा र तीन दाइ छन् । उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि हुने तिमल्सिनाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*