छठको आज तेस्रो दिनः चन्द्र पूजापछि सूर्यपूजामा जुटे ब्रतालु

नवयुग संवाददाता
५ मंसिर २०७७, शुक्रबार ०८:५२

Advertisement

जनकपुर । मुख्यतया सूर्यको पूजा हुने जस्तो देखिए पनि चन्द्र, अस्ताउँदो सूर्य र उदाउँदा सूर्यलाई एकसाथ अराधना हुने पर्व हो छठ । छठ पर्व मनाउने विधि र परम्परालाई नियाल्ने हो भने यो पूर्णतया प्रकृतिमा आधारित छ । सूर्य र चन्द्रको पूजा हुने तथा पूजा सामग्रीको रुपमा कृषि उपज सामग्री प्रयोग गरिने हुँदा छठ पर्वलाई प्रकृति पूजाको रुपमा पनि लिन सकिन्छ । चार दिनसम्म विभिन्न विधि र प्रक्रिया अवलम्बन गरी मनाइने यो पर्व सन्तान प्राप्ति, स्वास्थ्य लाभ, पारिवारिक सुख र समृद्धिका लागि मनाउने गरिएको ब्रतालुहरु बताउँछन् ।

Advertisement

छठ पर्व मनाउने ब्रतालुहरुले बुधबार नहायखाय गरेका छन् । पवित्र जलासयमा स्नानगरी चोखो खानेकुरा ग्रहण गर्ने विधिलाई नहायखाय भनिन्छ । छठ पर्वमा नहायखाय विधि पनि महत्वपूर्ण मानिन्छ ।

Advertisement

बिहीबार खर्ना मनाइएको छ । खर्नामा सूर्यास्तपछि चन्द्रमाको दर्शन गरी चामल, दूध र सख्खर हालेर पकाइएको खिर तथा फलफुलको प्रसाद चढाइन्छ । खर्नाको दिन बिहानैदेखि उपवास बसेका व्रतालुले साँझ चन्द्रमाको दर्शन गरी पूजापाठपछि सोही प्रसाद ९नुनको प्रयोग नभएको० खाएर पर्सीपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ नदिएसम्म उपवास बस्ने विधि छ ।

Advertisement

खर्ना सम्पन्न भएदेखि नै शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई दिइने अर्घको तयारीमा ब्रतालुसँगै परिवारका सदस्यहरु जुटेका छन् । जनकपुर र वीरगन्जलगायत सहरी क्षेत्रमा बिहीबारै राति नदी, तलाउ र सरोवरहरुको घाटमा पूजा सामग्री राखिइसकेको छ भने ग्रामिण भेगमा शुक्रबार दिउँसो घाटमा पुग्ने तयारी हुँदैछ । शनिबार बिहान उदाउँदै गरेको सूर्यलाई व्रतालुले फलफुल लगायत पूजा सामग्री लिएर अर्घ चढाएपछि व्रतालुहरु घर फर्केर सात्विक भोजन गरी विधिवत रुपमा पर्व समापन गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*