पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु, एक गम्भीर घाइते

नवयुग संवाददाता
८ मंसिर २०७७, सोमबार १७:३६

Advertisement

कास्की । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परेर एकजना गम्भीर घाइते भएका छन् ।

Advertisement

सोमबार दिउँसो सराकोटबाट टेन्डम उडान गरेको फिस्टेल प्याराग्लाइडिङको प्यारा दूर्घटनामा परि प्याराग्लाइडिङ पाइलट ३८ वर्षीय राजु गैरेको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । दूर्घटनामा काठमाडौंकी २८ वर्षीया शिला श्रेष्ठ गम्भीर घाइते भएकी छिन् ।

Advertisement

घाइते श्रेष्ठलाई उपचारका लागि पोखराको मेट्रो सिटी अस्पतालमा भर्ना गरिएकोमा थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षेक सुवास हमालले जानकारी दिए । प्रहरीका अनुसार घाइते श्रेष्ठको अवस्था गम्भीर छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*