स्वास्थ्य अवस्था बिग्रदै गएपछि मन्त्री लामालाई काठमाडौं लगियो

नवयुग संवाददाता
९ मंसिर २०७७, मंगलवार १२:३३

Advertisement

मकवानपुर । कोरोना संक्रमणको कारण स्वास्थ्य अवस्था बिग्रदै गएपछि बागमती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामालाई उपचारको लागि काठमाडौं लगिएको छ। उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत मंगलबार बिहान काठमाडौं लगिएको हो ।

Advertisement

मंसिर ५ गते स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि लामा हेटौंडा सिमेन्ट उद्योगस्थित आफ्नै क्वाटरमा आइसोलेसनमा बसेका थिए।

Advertisement

लामाका स्वकीय सचिव सुरज थपलियाका अनुसार मन्त्री लामामा निरन्तर खोकी बढेको र अक्सिजनको मात्र कम देखिएको छ।

Advertisement

उनको उपचार काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*