सिजनमै घट्न थाल्यो सुनको मूल्य, आज १ हजार रूपैयाँले घट्यो

नवयुग संवाददाता
१० मंसिर २०७७, बुधबार १२:३०

Advertisement

काठमाडौं । बिहेको मुख्य सिजनमै सुनको मूल्य घट्न थालेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले निकालेको तथ्यांकअनुसार सुनको मूल्य घट्न थालेको हो।

Advertisement

तीन दिनको बीचमा (आइतबारदेखि बुधबारसम्म) सुन प्रतितोला २ हजार ८ सय रूपैयाँले घटेको छ। सोमबार प्रतितोला ९४ हजार तीन सय पुगेको सुन मंगलबार तोलामा एकैदिन १८ सयले घटेर ९२ हजार ५ सयमा कारोबार भएको थियो।

Advertisement

बुधबार १ हजार रूपैयाँले घटेर ९१ हजार ५ सयमा कारोबार भएको छ।

Advertisement

आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अघिल्लो दिनको भन्दा ५ रुपैयाँले कम हो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*