देशभर ४ सय ८ संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

नवयुग संवाददाता
१२ मंसिर २०७७, शुक्रबार १६:५५

Advertisement

काठमाडौं । देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

Advertisement

मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३ सय ५४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ११५ जना आइसियु र २९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६४ जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३७ जना आइसियु र १० जना भेन्टिलेटरमा र प्रदेश २ मा ४ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

Advertisement

त्यस्तै सुदुरपश्चिममा ६ आइसियु र एक जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ११७ आइसियु र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ११ आइसियु उपचाररत रहेका छन्।

Advertisement

यसअघि बिहीबार ३ सय ८९, बुधबार ४०८, मंगलबार ४ सय ५०,सोमबार ४ सय २८, आइतबार ४ सय २५ जना संक्रमित आइसियु ÷भेन्टिलेटरमा उपचाररत रहेका थिए।

नेपालमा २ लाख २९ हजार ३ सय ४३ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये २ लाख १० हजार ६ सय ७१ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ४ सय ३५ जनाको मृत्यु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*