ललितपुर नगर प्रहरी प्रमुख हाछेथुलाई कोरोना सङ्क्रमण
ललितपुर । ललितपुर महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथुलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उहाँ अहिले आफ्नै घरमा आइसोलेशनमा बस्नुभएको छ । केही दिनअघि उच्च ज्वरो आएपछि परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो । हाछेथुको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।
