बलिउड इन्डस्ट्रीमा इन्ट्री गर्ने तयारीमा साईं श्रीनिवास

नवयुग संवाददाता
१२ मंसिर २०७७, शुक्रबार १७:५८

Advertisement

पतेलुगू फिल्मका चर्चित अभिनेता साईं श्रीनिवास बेल्लमकोन्डा बलिउड फिल्म इन्डस्ट्रीमा इन्ट्री गर्ने तयारीमा छन् । उनले आफ्नो बलिउड डेब्यूका लागि एस।एस। राजामौली निर्देशित तथा प्रभास अभिनीत सुपरहिट तेलुगू फिल्म ‘छत्रपति’ को हिन्दी रिमेक रोजेका छन् । पेन स्टूडियोका सञ्चालक जयन्ती लाल गढाले यो फिल्मको निर्माण गर्नेछन् । साईंले फिल्म साइन गरिसकेका छन् ।

Advertisement

साईं श्रीनिवास बेल्लमकोन्डाले सुपरहिट एक्सन फिल्म ‘एल्लुडु सीनु’ बाट अभिनेताको रुपमा डेब्यू गरेका छन् । अहिले उनी तेलुगू फिल्मका ठूला स्टार मानिन्छन् । उनका एकपछि अर्को फिल्मले बक्सअफिसमा सफलताको झन्डा गाडेका छन् । तेलुगु इन्डस्ट्रीमा उनको जबरदस्त फलोइङ छ । उनको फ्यान फलोइङ देखेरै पेन इन्डियाले उनलाई लिएर बलिउड फिल्म बनाउन लागेको हो ।

Advertisement

फिल्मको बारेमा जानकारी दिँदै पेन स्टूडियोका जयन्ती लालले भनेका छन्, ‘फिल्मको कहानी सानदार छ । हामीलाई साउथका एक ठूला सुपरस्टार चाहिएको थियो, जसले यो कहानीलाई बलिउडमा पेश गर्न सकोस् । यही कारण हामीले बेल्लमकोन्डालाई साइन गरेका हौं । हामी यो प्रोजेक्टलाई लिएर निकै उत्साहित छौं । फिल्मको कहानीमा केही परिवर्तन गरेर पेश गर्नेछौं ।’

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*