कस्तो रहला आज दिनभरको मौसम ?

नवयुग संवाददाता
१३ मंसिर २०७७, शनिबार ०७:०२

Advertisement

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू-भागमा पश्‍चिमी वायुको प्रभाव रहेको छ ।

Advertisement

अहिले प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

Advertisement

महाशाखाले जनाएअनुसार हिजोसम्म अधिकांश स्थानको मौसम बदली भइ मौसम नखुलेको भएपनि आजदेखि मौसम खुल्दै जाने र दिनभरको मौसम सामान्यतया सफा नै रहने छ ।

Advertisement

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*