कानूनका कुराः छुवाछुत र भेदभाव

अधिवक्ता कृष्ण प्रसाद अर्याल
२०७७, १६ मंसिर मंगलवार ०८:५७

Advertisement

पृथवीमा जन्मेका मानव जाती बीच धर्म, आस्था र अर्थको आधारमा भेदभाव देखिन्छ । बसोबास गरेको क्षेत्र, भाषा र जातले पनि एक आपसमा भेदभाव विभेद गरी एकले अर्कोको भावनामा चोट पुर्याउने काम भईरहेका छन् । जातीय भेदभावको कारण प्रेम सम्बन्धमा बाँधिएका जोडिहरुले बिवाहको मुर्त रुप दिन सकि राखेका छैन ।ज्यान गुमाउनु परेको छ । अन्तरजातीय बिवाह गरेका महिला पुरुषहरुमा पछि गएर घर परिवार, नाता, ईस्टमित्र र समाजमा धार्मिक कृयाकलापहरु चाडवाडमा हुने छुवाछुत भेदभावको कारण सम्बन्ध बिच्छेदका घटना सम्म घटेका छन् ।

Advertisement

कति पय मठ मन्दिर, गुम्बा, मस्जित, चर्चहरुमा आफ्नो सम्प्रदाय बाहेककालाई रोक लगाएको पनि पाईन्छ । परंम्परादेखि चलिआएका गतिबिधिहरुलाई आजका २१ ‍औ शताब्दिका नागरिकहरुले पनि जानेर वा नजानेर अनुशरण गर्दै जाने तर कुसंस्कार, रुढीबादी कृयाकलाप हटाउने तर्फ सकृय भएको देखिदैन । समाज, कुल परम्परा भनि डराएर चुपचाप बसेको पनि देखिन्छ । कैयौ बर्ष अगाडि लेखिएका धर्मशास्त्रहरु हाल पनि जस्ताको जस्तै पढिन्छ पढाईन्छ जुन आज सान्दर्भिक देखिदैन । जसरी संबिधान कानून संशोधन र नयाँ बन्दै जान्छन त्यस्तै धर्मशास्त्रहरु पनि समय अनुसार संशोधन र परिमार्जन हुन जरुरी छ । महिला र पुरुष बिच शारीरिक बनाबट बाहेक जन्म, मृत्यु, भोक, प्यास, माया, प्रेम, सन्तानको रहर सबैमा समानता पाईन्छ । कानूनको नजरमा छुवाछुत भेदभाब गर्नु फौजदारी कसुर हुने ब्यसस्था छ ।

Advertisement

नेपालको संबिधानः  कुनै पनि ब्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, ब्यबसाय वा शारीरिक अबस्थाको आधारमा कुनै पनि निजी तथा सार्बजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछुत वा भेदभाब गर्नु हुदैन । कुनै बस्तु, सेवा वा सुबिधा उत्पादन वा बितरण गर्दा त्यस्तो बस्तु सेवा वा सुबिधा कुनै खास जात वा जातिको ब्यक्तिलाई खरीद वा प्राप्त गर्नबाट रोक लगाईने वा त्यस्तो बस्तु सेवा सुबिधा कुनै खास जात वा जातिको ब्यक्तिलाई मात्र बितरण वा प्रदान गरिने छैन । उत्पत्ति जात जाति वा शारीरिक अबस्थाको आधारमा कुनै ब्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने जात जाती वा छुवाछुतको आधारमा सामाजिक भेदभाबलाई न्यायोचित ठान्ने वा छुवाछुत तथा जातीय उच्चता वा घृणामा आधारित बिचारको प्रचार प्रसार गर्न वा जातीय बिभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाईने छैन । जातिय आधारमा छुवाछुत गरी वा नगरी कार्य स्थलमा कुनै प्रकारको भेदभाब गर्न पाईने छैन । छुवाछुत तथा भेदभाब जन्य कार्य गंभिर सामाजिक अपराधका रुपमा कानून बमोजिम दण्डनीय हुनेछन । त्यस्तो कार्यबाट पीडित ब्यक्तिलाई कानून बमोजिम क्षतिपुर्ति पाउने हक हुनेछ भन्ने कुरा नेपालको संबिधानको मौलिक हकमा रहेको छ ।

Advertisement

मुलुकी अपराध संहिता, २०७४ मा कानूनमा अन्यथा ब्यबस्था भएकोमा बाहेक कानून बमोजिम अधिकार प्रयोग गर्ने अधिकारीले त्यस्तो अधिकार वा सामान्य कानूनको प्रयोग गर्दा उत्पत्ति, धर्म, बर्ण, जात, जाति, लिङ्ग, शारीरिक अबस्था, अपाङ्गता, स्वास्थ्य स्थित, बैबाहिक स्थिति, गर्भाबस्था, आर्थिक अबस्था, भाषा वा क्षेत्र बैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा कुनै पनि नागरिक माथी जानी जानी भेदभाब पूर्ण ब्यबहार गर्न हुदैन ।यस्तो कसूर गर्ने गराउनेलाई ३ बर्ष कैद वा ३० हजार जरिवाना वा दुबै सजाय हुने ब्यबस्था छ ।

कसैले कुनै बस्तु वा सेवाको खरिद वा बिक्री बितरण गर्दा गराउँदा कुनै खास जात जाति वा सम्प्रदायको ब्यक्तिबाट मात्र वा त्यस्तो ब्यक्तिलाई मात्र खरिद वा बिक्री बितरण गर्ने वा कुनै खास जात जाति वा सम्प्रदायका ब्यक्तिलाई उपलब्ध नगराउने वा बिक्री बितरण नगर्ने कार्य गर्न हुदैन । यस्तो कसुर अपराध गरेमा १ ९एक० बर्ष सम्म कैद वा दश हजार रुपैया जरिवाना वा दुबै सजाय हुने ब्यबस्था रहेको छ ।

तर आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पिछडिएको बर्गको हित संरक्षण वा बिकासका लागि कानून बमोजिम अधिकार प्राप्त अधिकारीको स्वीकृति लिई कुनै खास बस्तु वा सेवा कुनै खास जात जाती वा सम्प्रदायका ब्यक्तिलाई मात्र उपलब्ध गराएकोमा वा बिक्री बितरण गरेकोमा कसूर गरेको मानिने छैन ।
जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभाबपूर्ण ब्यबहार गर्न नहुने कसैले कसैको प्रथा परम्परा धर्म संस्कृति रितिरिवाज जातजाति समुदाय पेशा ब्यबसाय शारीरिक अबस्था वा समाजिक सम्प्रदायको उत्पत्तिको आधारमा छुवाछुत वा अन्य कुनै किसिमको भेदभाब गर्न वा सार्बजनिक स्थानमा उपस्थित हुन वा सार्बजनिक प्रकृतिका धार्मिक स्थलमा प्रबेश गर्न रोक्ने वा सार्बजनिक प्रयोगमा रहेको पानी पधेरो प्रयोग गर्न वा बञ्चित गर्न वा अन्य कुनै निजी वा सार्बजनिक उपयोग वा सुबिधाका कुराको प्रयोग गर्नबाट बञ्चित गर्न हुदैन ।यस्तो कसूर गर्ने गराउनेलाई ३ बर्ष सम्म कैद वा ३० हजार सम्म जरिवाना वा दुबै सजाय हुन्छ । कुनै राष्ट्रसेबकले यस्तो कसुर गरेमा थप ३ महिना कैद हुन्छ ।
कसैले कसैलाई बोक्सा बोक्सीको आरोप लगाउन, निज बसेको ठाउँ स्थानबाट निकाला गर्न, सामाजिक बहिष्कार गर्ने, क्रुर अमानबिय, अपमानजनक ब्यबहार गर्न गराउन हुदैन । गरेमा ५ बर्ष कैद र ५० हजार रुपैया सम्म जरिवाना हुने कानूनी ब्यबस्था छ । महिलाको रजश्वला वा सुत्केरीको अबस्थामा छाउपडीमा राख्न वा कुनै किसिमको भेदभाब छुवाछुत वा अमानबिय ब्यबहार गर्न वा गराउन हुदैन । त्यस्तो गरेमा ३ महिना सम्म कैद वा तीसहजार रुपैया सम्म जरिवाना वा दुबै सजाय हुन्छ ।कसुर गर्ने ब्यक्तिबाट पिडितलाई क्षेतिपुर्ति भराउन सक्ने हुन्छ ।

हदम्यादःकसैले कसैलाई दास बनाएमा, बन्धक बनाएमा, वाँधा राखेमा जहिले सुकै उजुर गर्न सकिन्छ । अन्य भेदभाब पूर्ण घटनाको बारेमा कसुर भएको थाहा पाएको ६ महिला भित्र उजुर लाग्छ । कसैले पनि समयमै उपचार खोजिएन भने प्रहरी सरकारी वकिल र अदालतले सहयोग गर्न सक्दैन ।अपराध गर्नु पनि हुदैन र सहनु पनि हुदैन । सहेर बसेमा समाजमा हुने घट्ने यस प्रकारका भेदभाब, छुवाछुत जस्ता सामाजिक अपराधको अन्त्य हुदैन र हाम्रो समाज पछाडि पर्दछ । अरु अर्को अंकमा ,,

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*