मकवानपुर क्याम्पसकी सुष्मा पुडासैनी जिल्ला टप !

नवयुग संवाददाता
१५ चैत्र २०७५, शुक्रबार १६:०६

मकवानपुर । वाणिज्य संकायतर्फ स्नातक तह चार वर्षे बिबिएस दोस्रो वर्षको परीक्षाको परीक्षाफल अनुसार मकवानपुर बहुमुखी क्याम्पसकी छात्रा सुष्मा पुडासैनी जिल्ला प्रथम भएकी छिन् । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार पुडासैनी मकवानपुर जिल्लामा प्रथम भएको स्ववियु मकवानपुर बहुमुखी क्याम्पसले जनाएको छ । ७५ दशमलव २ प्रतिशत नतिजा ल्याएर पुडासैनीले मकवानपुर जिल्लामा प्रथम स्थान हासिल गरेकी हुन् । नवयुगसँग कुरा गर्दै पुडासैनीले आगामी परीक्षाहरुको लागि त्रिभुवन विश्वविद्यालयमै टप हुने गरी अध्ययन गर्ने दावी गरिन् ।
यसअघि बिबिएमको नतिजामा समेत मकवानपुर बहुमुखी क्याम्पसकै छात्रा रमनी पराजुली नेपाल प्रथम भएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*