लोकसेवा तयारीको लागि पाठशाला इन्स्टिच्युट आकर्षणको केन्द्रः सञ्चालक अर्याल

नवयुग संवाददाता
२४ मंसिर २०७७, बुधबार ०९:५२

Advertisement

लोकसेवा आयोगले पछिल्लो समय ठूलो संख्यामा कर्मचारी माग गर्न थालेसँगै लोकसेवा परीक्षाको तयारीमा धेरै युवाहरु जुटेको पाइन्छ । कतिले आफै घरमा पढेर तयारी गरिरहेका छन् त कतिले इन्स्टिच्युटमा गएर लोकसेवाको तयारी गरिरहेका छन् । लोकसेवाको तयारी गरेका सबैजना नाम निकाल्न सफल हुन्छन् भन्ने छैन्, तर पनि नाम निकाल्नको लागि विद्यार्थीहरु निरन्तर प्रयासरत छन् ।

Advertisement

यसैबीच विगत १० वर्षदेखि हेटौंडामा लोकसेवा तयारी कक्षा सञ्चालन गरिरहेको पाठशाला इन्स्टिच्युट प्रा.लि.का सञ्चालक जयराम अर्यालसँग नवयुग डटकमका संवाददाता रुपेश थापाले गरेको कुराकानी :-

Advertisement

१. पाठशाला इन्स्टिच्युटले कुन–कुन सेवा दिइरहेको छ ?

Advertisement

हामीले पूर्व तयारी कक्षाहरु खासगरी लोकसेवा तयारी, नायब सुब्बा ,खरिदार र शाखा अधिकृतको तयारी कक्षा, बैँकिड्ड तयारी कक्षा र विभिन्न प्राविधिक विषयका तयारी कक्षाहरु सञ्चालन गरिरहेका छौं ।

२. लोकसेवा तयारी कक्षा कस्तो हुन्छ ? कसरी पढाइन्छ ?

लोकसेवामा नाम निकाल्नु भनेको एउटा जटिल र बढि प्रतिस्पर्धा हुने विषय हो । जो लोकसेवा पास गरेर सरकारी सेवामा प्रवेश गर्न चाहनुहुन्छ, उहाँहरुको लागि सहज होस् भनेर हामिले कोर्षको बारेमा जानकारी दिन्छौँ । त्यसपछि परीक्षामा कसरी लेख्ने उत्तरहरु कसरी दिने भनेर हामी यहाँ वरिष्ठ अधिकृत, सरकारी कर्मचारी सरहरु र विभिन्न क्याम्मसका लेक्चरर, प्रोफेसरहरु, ल्याएर उहाँहरुलाइ प्रशिक्षण दिने, सहजिकरण गर्ने काम गर्छौँ । जसले गर्दा भोलि लोकसेवा परीक्षा दिन इच्छुक साथिहरुलाई निकै सहज र सजिलो बनाएका हामिले पाएका छौँ ।

३.लोकसेवा तयारीको लागि पाठशाला इन्स्टिच्युट नै किन ?

हुन त कतिपय अरु इन्स्टिच्युटहरु पनि छन् । हामिले बिगत १० वर्ष देखि तयारी कक्षा मात्र गराउने गरेका छौं । विगतका रिजल्टहरु नै हामीमाथि विश्वास गर्ने आधार हो ।
गतवर्ष मात्र हामिकहाँ अध्ययन गर्नुभएका ७२ जनाले नाम निकाल्नु भयो र सरकारी सेवामा प्रवेश गर्नुभयो । त्यही हुनाले विद्यार्थीहरुको बीचमा ‘पाठशाला इन्स्टिच्युट’ एउटा आर्कषणको गन्तव्य केन्द्र बनेको छ र हामी यसमा धेरै खुसि पनि छौँ । विद्यार्थीहरुलाई हामी यहाँ आइसकेपछि एकदम सन्तुष्टि बनाएर र उहाँहरुलाइ छर्लड्ड बनाएर पढाउने हुनाले पाठशाला इन्स्टिच्युट लोकसेवा तयारीका लागि प्रमुख र राम्रो गन्तव्य बनेको छ ।

४. पाठशालामा अध्ययन गरी लोकसेवामा नाम निकाल्न सफल बनेको बिद्यार्थीहरुको प्रतिक्रिया कस्तो छ

लोकसेवामा नाम निकाल्न सफल भएपछि यसै पनि उहाँहरु खुसी नै हुनुहुने भयो । नाम निकाल्न सफल हुनुभएका विद्यार्थीहरुले अरुलाई समेत सिफारिस गर्नुहुन्छ । जसकारण अन्य इन्स्टिच्युटको तुलनामा हाम्रो इन्स्टिच्युटमा धेरै विद्यार्थी आउनुहुन्छ ।
यहाँ अध्ययन गर्नुभएका विद्यार्थीहरुले अन्य साथीभाइलाई , ‘पाठशालामा जानु, त्यहाँ राम्रो पढाइ छ, राम्रो, प्रशिक्षकहरु हुनुहुन्छ’ भन्ने गरेको पाइएको छु । त्यसैले हामीलाई धेरै विद्यार्थीहरुले विश्वास गर्नुभएको छ ।

५.लोकसेवा तयारी गर्न कुन कुन जिल्लाबाट विद्यार्थीहरु पाठशालामा आउँछन ?

लोकसेवा तयारी गर्न हामीकहाँ मकवानपुरको त आउनु हुने भैहाल्यो । त्यस्तै बारा, रौतहट,पर्सा, सिन्धुली, उदयपुरका विद्यार्थीहरु पनि आउने गर्नु हुन्छ । पछिल्लो चरणमा सिन्धुली, उदयपुरका विद्यार्थीहरुको आर्कषण बढि रहेको छ ।

६.लोकसेवाको तयारी गर्ने सोच बनाएका विद्यार्थीलाइ के भन्न चाहानुहुन्छ ?

लोकसेवाको तयारी गर्ने सोच बनाएका विद्यार्थीहरुलाई पहिलो कुरा त ‘म सरकारी सेवामा प्रवेश गर्छु’ भन्ने इच्छाशक्ति हुनुपर्याे । भित्र मनबाट नै म सरकारी सेवामा प्रवेश गर्छु, देशको सेवा गर्छु भन्ने एउटा इच्छा, चाहाना हुनुपर्याे ।त्यस पछि हामिले त यहाँ बाटो देखाउने हो । यो लोकसेवा विषय गाह्रो छ । एकैचोटिमा नाम निक्लिन्छ भन्ने छैन् । जब यहाँ आएर पढिसके पछि विद्यार्थीहरुलाई हामिले जुन प्रशिक्षण दिएपछि सबै कुरा उहाँहरुले बुझ्नु हुन्छ । लोकसेवा कस्तो हुँदो रैछ, कसरी तयारी गर्नुपर्ने रैछ भन्ने उहाँहरुले बुझ्नुहुन्छ । मुख्य कुरो त यसलाइ बढि मिहेनत, धैर्यता, लगनशीलता, चाहिन्छ । धैर्य नगुमाइ कन तयारी गर्दा मलाई लाग्छ १ वर्ष भित्रमा चाहिँ सरकारी जागिर खाने इच्छा चाहिँ पुरा हुन्छ । धैर्यता र लगनशीलता भयो भने विद्यार्थी सफल बन्नुहुनेछ ।

७. आगामी दिनमा पाठशालालाइ कसरी अघि लाने योजना छ ?

हामिले विद्यार्थीहरुलाई विगतमा जस्तै आगामी दिनमा पनि थप सुविधा, प्रविधिको विकास सँगसँगै नयाँ प्रविधिबाट पढाउने, डिजिटल माध्यमबाट पढाउने, सोच राखिरहेको छौँ । अहिले जति सेवा सुविधा दिएर लोकसेवा अध्ययन गराइरहेको छौँ त्यो भन्दा थप सेवा सुविधा र सहज हुने गरि अगाडि बढाउने योजना भैरहेको छ । अब कोरोना महामारीका कारण केहि समय हामीले गर्न सकेनौँ । अब विद्यार्थी फेरी आउन थाल्नु भएको छ । हामी आगामी दिनमा विगतमा जस्तै विद्यार्थीहरुलाई खुसी बनाएर उहाँहरु भित्रको क्षमतालाइ बाहिर ल्याउनका निम्ति हाम्रो भरपुर प्रयास रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*