लोक सेवाले माग्यो ५१३ जना शाखा अधिकृत

नवयुग संवाददाता
२४ मंसिर २०७७, बुधबार १२:२८

 

Advertisement

Advertisement

काठमाडौं । लोक सेवा आयोगले ठूलो संख्यामा राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) को विज्ञापन खोलेको छ । लोक सेवाले बुधबार अप्राविधिक तर्फको शाखा अधिकृतमा विज्ञापन खुलेको हो ।

Advertisement

सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी पाँच सय १३ जनाका लागि विज्ञापन खोलिएको छ । जसमध्ये एक सय ५३ जना ज्येष्ठता र बाँकी खुल्ला रहेको छ ।

Advertisement

न्याय सेवाको खुलातर्फ न्याय समूहमा ३६, कानुनमा ७, सरकारी वकिलका लागि २४ गरी जम्मा ६७ जनाको माग गरिएको छ । महिलातर्फ न्याय समूहमा १० कानुनमा २ सरकारी वकिलमा ६ जना गरी १८ जनाको माग गरिएको छ ।

यस्तै आदिवासी जनजातितर्फ न्याय समूहमा ८ कानुनमा १ सरकारी वकिलमा ५ जना माग गरिएको छ । मधेसीमा न्याय ६ कानुन १ सरकारी वकिल ४ गरी ११ जनाको विज्ञापन गरिएको छ । दलिततर्फ न्याय ३ कानुन १ र सरकारी वकिल २ गरी ६ जना माग गरिएको छ । अपाङ्गका लागि र पिछडिएको क्षेत्रका लागि न्याय र कानुनमा एक एक जना माग गरिएको छ ।

परराष्ट्र, प्रशासन र महालेखापरीक्षक संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत खुलामा १३२ जना समावेशीतर्फ महिलाका लागि ३५, आदिवासी जनजातिका लागि २८ मधेसीका लागि २५, दलितका लागि ८, अपाङ्गका लागि ७ र पिछडिएको क्षेत्रका लागि ५ जनाको दरखास्त आह्वान गरिएको छ ।

यस्तो ज्येष्ठतातर्फ सामान्य प्रशासन ४३, राजश्व ३३, लेखा २७, लेखापरीक्षण ८, परराष्ट्र २, न्याय २७, कानून ५ र सरकारी वकिल तर्फ १७ जना रहेको छ ।दरखास्त दिने अन्तिम मिति पुस १४ गते सम्म तोकिएको छ । दोब्बर दस्तुरमा पुस २१ गतेसम्म दरखास्त दिन सकिने आयोगको सूचनामा जनाएको छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*