नेपालको शिक्षा क्षेत्रलाई कोरोना महामारी पहिलो संकटः कार्यवाहक अध्यक्ष सुवेदी

नवयुग संवाददाता
२८ मंसिर २०७७, आईतवार ०८:३३

Advertisement

विश्वभर महामारीको रुप लिँदै फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभावबाट नेपालको शैक्षिक क्षेत्र समेत अछुतो रहन सकेन् । गतवर्षको चैत ११ गतेबाट सरकारले लकडाउन गरेसँग देशभरका विद्यालयहरु समेत बन्द भएका थिए । अहिले भने केही मापदण्ड, सुरक्षा उपाय अपनाएर विद्यालयहरु संचालन भैरहेको अवस्था छ ।
यसै सन्दर्भमा निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदीसँग नवयुग डटकमका संवाददाता रुपेश थापाले गरेको कुराकानीः

Advertisement

१. मकवानपुरमा अहिले निजी विद्यालयहरुको अवस्था कस्तो छ ?

Advertisement

– अहिलेको अवस्थामा नेपाल सरकारले कार्तिक २० गते मन्त्रिपरिषद्को निर्णयबाट विद्यालय सञ्चालन कार्यविधि, सञ्चालन ढाँचा, २०७७ आएको छ त्यसको सीमा क्षेत्रभित्र, त्यसको विधानभित्र गएर हामिले विद्यालयहरु सञ्चालन गरेको अवस्था छ ।

Advertisement

र सबै विद्यालयहरुले यहि पद्धतिअनुसार बनाएका जनस्वास्थ्य सुरक्षाका कुराहरु, त्यसैगरी विद्यार्थीहरु विद्यालयमा रहँदा के हुने, विद्यालयबाट घर आउँदा के गर्ने, र विद्यालयमा बस्दा के गर्ने ? यो कुराहरु आचारसंहिता बनाएर र त्यहाँ तोकिएका ७ र वैकल्पिक विधि अपनाएर विद्यालयहरु सञ्चालन गर्ने निर्णय भएको छ । त्यसैअनुसार हामिले निजी विद्यालयहरु सञ्चालन गरिरहेका छौं । धेरै विद्यालयहरु मंसिर १५ बाट सञ्चालन भएको छ र त्यो भन्दा अगाडि केहि विद्यालयहरु मंसिर १० गतेबाट नै सुरु भएको अवस्था छ ।

२. मकवानपुरका निजी विद्यालयहरुले अहिले कसरी अध्यापन गराइरहेका छन् ?

विभिन्न मापदण्ड अपनाएर, विद्यालय सहजीकरण निर्देशिका २०७७ र पाठ्यक्रम विकास केन्द्रले तयार पारेको सङ्कुचित् पाठ्यक्रम ढाँचा २०७७ को आधारमा पढ्ने समय मिलाएर अधिकांश समय विहान, दिँउसोको मिलाएर भिँडभाड कम हुने गरी व्यवस्थित रुपमा सञ्चालन गर्न सक्ने हिसाबले कार्य विधि भित्र रहेर विद्याथलयहरु सञ्चालन भैरहेको अवस्था छ ।

३. विद्यालयबाट सङ्क्रमण फैलन नदिन विद्यालयहरुले कस्तो सुरक्षा उपाय अपनाइरहेको छन् ?

–  यो सम्बन्धमा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले आयोजना गरेको प्रधानाध्यापकहरुको बैठकमा व्यापक छलफल भएको थियो । त्यसमा स्वयम् हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महत ज्यु पनि उपस्थित हुनुहुन्थ्यो । त्यहाँ यो कुराको प्रश्नहरुमा छलफल भएको थियो । मापदण्ड अनुसार विद्यालयले निर्मुलीकरण गर्ने योजना बनाइएको थियो । प्रत्येक कक्षा निर्मुलीकरण गर्ने, विद्यार्थीहरु कक्षा कोठामा आउनुभन्दा अगाडि र गइसकेपछि फेरि निर्मुलीकरण गर्ने, माक्स लगाउने, अनिवार्य माक्स नलगाएका विद्यार्थीहरुलाई विद्यालयले माक्स वितरण गर्ने, सेनेटाइजर प्रयोग गर्ने, हात धुने साबुन पानीको व्यवस्था गर्ने यी सबैलाई अपनाउँदै र अचारसंहिता प्रत्येक विद्यालयहरुले निर्माण गरेको अवस्था छ । र प्याब्सनले पनि अचारसंहिता निर्माण गरेर विद्यालय–विद्यालय पठाएको छ र त्यो अचारसंहिताहरु सबैलाई अपनाउँदै पालना गर्न लगाउँदै र सबै कुरामा सजक हुँदै आफ्नो जिम्मेवारीमा सचेत हुँदै पूरा गर्ने योजना संचालन गरेका छन् ।

४. कोरोना कहरबीच भएको लकडाउनमा प्याब्सन मकवानपुरले यहाँका विद्यालयका संचालक, शिक्षक/शिक्षिका एवम् अभिभावकबीच कस्तो भूमिका खेल्यो ?

– चैत महिनामा जुन किसिमको राज्य सरकारबाट एक्कासी सूचना आयो, त्यो सूचना आइसकेपछि चैत महिना त्यसै अन्यौलमा नै बित्यो । के कस्तो हुने हो, थाहा नै नभई अन्यौलमा नै बित्यो । त्यसपछि बैशाख महिनादेखि हामीले निरन्तर रुपमा अभिभावकसँग छलफल गर्ने, सम्बन्धित निकायसँग समन्वय कायम गरी हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखासँग निरन्तर सम्पर्क गरिराखियो । नेपाल राष्ट्र अभिभावक महासंघका अध्यक्ष ज्यूसँग पनि निरन्तर छलफल भयो । उपमहानगरपालिकासँग पनि व्यापक विभिन्न चरणमा धेरै पटक छलफल भएपछि र त्यसपछि आएर निष्कर्षहरु निकालेर शिक्षक मित्रहरु, विद्यार्थी, अभिभावकसँग विद्यालयले छलफल गरेर निष्कर्ष निकाली विद्यालय संचालन गर्नपर्छ, बालबालिकालाई पढाईबाट वञ्चित नगर्नका निम्ति स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्यसँगै पढाईलाई पनि सँगसँगै लानुपर्छ भन्ने किसिमले सबैको राय सल्लाह, सुझाव र सहमत लिएर हामीले विद्यालय संचालन गरेका हौं ।

५. बालबालिकालाई विद्यालय पठाउन कतिपय अभिभावकहरु तयार नभएको अवस्था छ, यस अवस्थामा अभिभावकलाई कसरी विश्वास दिलाउनुहुन्छ ?

–  हामीले यसका लागि कक्षगत रुपमा अभिभावक भेला गरिरहेका छौं । र त्यहाँ उपस्थित अभिभावकहरुमध्ये ९५ प्रतिशत भन्दा माथि अभिभावक पक्षले चाँही भौतिक रुपमा र ५ प्रतिशतले अनलाइन शिक्षा निरन्तर होस् भन्ने सुझाव राख्नुभयो । सबै अभिभावकहरुको भनाई अनुसार बच्चा विद्यालय आउँदा खुशी हुन्थ्यो र विद्यालयबाट गएपछि घरमा होमवर्क गर्न थाल्ने, पढ्न खोज्ने गथ्र्याे ¬। र हिजोको दिनमा मोबाइल मात्र चलाउन खोज्ने हो भने अब विद्यालयबाट फर्केपछि चाँही होमवर्क गर्नतिर लाग्ने र त्यो किसिमको कुराहरु बैठकमा उपस्थित हुनुहुने अभिभावक ज्यूहरुले नै राख्नुभयो । हिजोको दिनमा बालबालिकाहरुले मोबाइल चलाउँदा खोस्नुपर्ने अवस्था थियो भने आजको दिनमा विद्यालयबाट फर्केपछि होमवर्क गर्न बस्ने, खाजा खान बस्ने, बाहिर अनावश्यक नडुल्ने बालबालिकाहरु पहिलाको जस्तै सामान्य जीवनमा फर्केको जस्तो महाशुस भयो भन्ने अभिभावकहरुले बताएका थिए । र त्यही कुरालाई अभिभावकबीच नै छलफल गराउँदा शतप्रतिशतले भौतिक रुपमै विद्यालयमा पढाउँनेमा सहमति जनाउनुभयो । र जोखिम घटाउन अझै केही योजना तयार पारी विद्यार्थीहरुलाई विद्यालयमै पढाउँन सल्लाह सुझाव दिनुभयो । सबै विद्यालयहरुले अभिभावकहरुलाई कक्षगत रुपमा बोलाईरहेको छ । कुनै अभिभावकले बुझ्न मात्र भए पनि विद्यालय आउनु भएको छ र उहाँहरुलाई ठीक लागेपछि बालबालिकालाई विद्यालय पठाएको छ ।
अभिभावकहरुले नै विद्यालयहरुलाई पूरै समय पढाउनु भनेर आग्रह गर्नुभएको छ ।

६. शैक्षिकसत्र सकिनै लाग्दा विद्यालयहरु खुलेका छन्, यसै वर्ष सबै पाठ्यक्रम पढाउन सकिएला ?

– धेरै विद्यालयहरुले अनलाइन कक्षा लिइरहेको छ । त्यसै क्रममा भदौमा पाठ्यक्रम विकास केन्द्रले एउटा पाठ्यक्रम नयाँ ढाँचास्वरुप प्रदान गरेको छ । २०७७ को यस ढाँचालाई प्रत्येक कक्षाको एउटा न्युनतम सिकाई उपलब्धि हुनुपर्ने भन्ने ढाँचामा प्रष्ट लेखेको छ । यस अवस्थामा त्यो कक्षामा कस्तो कुरा सिकाई भइरहेको छ, त्यो सिकाई विद्यार्थीहरुलाई माथिल्लो कक्षामा सहयोग हुन्छ । र उसले ज्ञान प्राप्त गर्न सक्छ भन्ने दृष्टिकोणले विद्यार्थी सिकाई सहजीकरणका निर्देशिका र पाठ्यक्रम स्वरुप नयाँ ढाँचा २०७७ अनुसार हामी अगाडि बढेका हौं । यसका अनुसार सबै पाठ्यक्रम पढाउन सकिन्छ भन्ने हामीलाई लाग्छ ।

७. कोरोनाको औषधीसमेत बन्न सकेको छैन्, नेपालमा कोरोना संक्रमितको संख्या पनि बढ्दो छ, यस अवस्थामा विद्यालय खोल्नुलाई पैसा उठाउने बहानाको रुपमा पनि लिएको पाइन्छ । यसमा के भन्नुहुन्छ ?

–  यो एउटा भनाई हो, अहिले बजारमा चलेको कुरा मात्र हो । तर नेपाल सरकारले ३ वटा निर्देशिका जारी गरिसकेको अवस्था छ । १. विद्यालय संचालन सम्बन्धी कार्यढाँचा २०७७, २. विद्यार्थी सिकाई सहजीकरण निर्देशिका, ३. पाठ्यक्रम समायोजन निर्देशिका कार्यढाँचा सबै प्रस्तुत गरिसकेको छ । नेपाल सरकारले के भन्यो भने अब विद्यार्थीहरु हरेक कुनै न कुनै तरिकाबाट जोडिनु पर्छ भन्ने कुरा हो । हिजाको दिन अनलाइनबाट, वर्कसिटबाट, होमवर्क चेकिङबाट, विद्यार्थीहरु म्यासेन्जरबाट जोडिन्थ्यो । विभिन्न प्रविधिबाट जोडिएको अवस्था थियो भने आजको दिनमा भौतिक रुपमा शैक्षिकसत्र सुरु भइसकेको अवस्था छ । शुल्क त सामान्य कुरा हो । हिजोको दिनमा हामीले हेर्ने हो भने विद्यार्थीहरु बाह्रै महिना शुल्क तिर्छन् अथवा नतिर्ने अवस्था थियो । तै पनि हेटौंडा उपमहानगरपालिकाले एउटा विवरण पेश गरेको छ । यसलाई शुल्कसंग मात्र जोडिनु हुन्न भन्ने हाम्रो मागलाई पेश गरेको छ । किन भने शुल्कसँग उनीहरुले गरेको योगदान, सहयोग, विद्यार्थीसँगको सिकाईको सहजीकरण, विद्यार्थीहरुलाई महामारीको समयमा पनि त्यसमा जोडिनु भनेको विद्यार्थीहरुमा नैरस्यता नभएर उत्साह र उमड्ड जगाउने हो । यसलाई हामीले शुल्कसँग मात्र जोडिएर हेरिरहेका छौं । त्यो शुल्क जोडिने कुरा भन्दा सहजीकरणको भूमिका अहम हुन्छ । यो बेला विद्यार्थीहरुलाई कसरी जोड्ने ? के गर्ने ? भन्ने कुरामा ध्यान दिने हो । फेरि यसमा शुल्कलाई सबै कुरामा जोडिनु हुँदैन भन्ने मेरो चाहना छ बुझाई पनि त्यही छ र प्याब्सनको सबै विद्यालयहरुको बुद्धिजीवि, अभिभावक संघको पनि त्यही कुरा छ । किन भने शुल्कसँग जोडिनु भनेको कुरालाई खाली एउटा नितान्त संकुचित सोचले मात्र हेर्नुहुन्न । विद्यालयले विद्यार्थीहरुसँग जोखिमको समयमा सँगसँगै जोडिएर उनीहरुसँग उत्साह उमड्ड छर्न सक्नु, उनीहरुमा विचार अदानप्रदान गर्न सक्नु, उनीहरुको सिकाईलाई सहजीकरण गर्न सक्नु त्यो उपलब्धि हो ।

साथै विद्यालयहरुले त्यो शुल्क लिएर शुल्कअनुसार उपयोगिता पनि गरेको छ/छैन त्यसको नि मुल्याङ्कन गर्नुपर्छ । किनकी सबै दायित्व र खर्च यथावत छ । शिक्षकलाई दिनुपर्ने तलब, अन्य खर्च र सुविधायुक्त बनाउन पनि खर्च नै लाग्छ । शिक्षकलाई अनलाइन तथा अन्य हरेक कुरामा जोडिनको लागि नेटवर्कको सुविधाको विद्यालयले नै व्यवस्थापन गर्नु पर्ने हुन्छ । त्यो भन्दा पनि महामारीको समयमा विद्यार्थीहरुलाई सिर्जनात्मक कुरामा, व्यवहारिक कुरामा, सिकाई, ज्ञान, सीपलाई मध्यनजर गर्दै यसरी हेर्नुपर्छ भन्ने मेरो भनाई छ ।

८. आउँदो दिनका लागि निजी विद्यालयहरुले के कस्तो तयारी गर्नुपर्ला ?

– हामीले प्रष्ट रुपमा के बुझ्नु पर्छ भने अन्य कुरा नभएर अबको दिनमा विद्यालयले यस्तो महामारी पनि आउन सक्छ भन्ने सोचलाई अगाडि बढाउँदै शिक्षक÷शिक्षिकालाई तालिमहरु उपलब्ध गराउने, यस किसिमको शैक्षिक वातावरणहरु तयार गरी विभिन्न प्रविधिहरुको बढी मात्रामा प्रयोग गराउने, प्रविधिमैत्री विद्यालय बनाउने, विद्यार्थीलाई प्रविधिको दुरुपयोग नगरी सदुपयोग गर्न सिकाउने गर्नुपर्छ । यस्ता कुराहरुलाई ध्यानमा राखी यो महामारी अझै पनि कहिले हट्ने थाहा नभएका कारणले यो समयमा नि विद्यालयहरु संचालन त गर्नै पर्छ, राज्यले पनि विद्यालय संचालन गर्नै पर्छ भनेको हुन्छन् । राज्यले योजना त बनाउँला तरपनि विद्यालयहरुले जोखिममुक्त भई पूर्वतयारी बनाई राख्नु पर्छ ।
यो महामारी नेपालको शिक्षा क्षेत्रको लागि इतिहासमा पहिलो संकट हो । २०७२ सालमा भूकम्प आउँदा पनि छिट्टै नै समस्या समाधान भएको थियो । तर यो यस्तो अवस्थामा केही संकट आइहाले पनि योजनाबद्ध रुपमा संकट निर्मुलीकरण गराउन सक्ने योजना तयार हुनुपर्छ । अनलाइन कक्षा सुरु गरेर अगाडि बढ्न सक्ने अन्य प्रविधिमैत्री विधिबाट पनि पढाउन सक्ने योजना बनाउन पर्छ । सँधै कक्षा कोठामा मात्र सिकाई हुँदैन, सिकाई घरमा, साथीभाइ, समाजमा पनि हुन्छ भन्ने दृष्टिकोणले हामी अगाडि बढ्नुपर्छ । राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रले पनि त्यस्तै किसिमको योजनाहरु विकास गर्दै जानु पर्छ । यस्तै महामारी आइहालेमा जोखिममुक्त बनाउन थाल्ने हैन कि हामी पूर्वतयारी गरेर राखेका योजनाहरु लागू गर्न सक्ने हिसाबले हामी तयार गर्नुपर्छ । कतिपय यस्ता कुराहरु विद्यार्थीको अभिभावकलाई पनि जानकारी दिनुपर्छ । किनभने तत्काल समस्या आइहालेमा समस्या समाधान गर्न सहज हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*