जलस्रोत र दिगो विकास

देवराज गौतम
१८ चैत्र २०७५, सोमबार ११:५१

कुनै पनि पक्षमा क्रमिक रुपमा हुँदै आएको सकारात्मक परिवर्तनलाई सामान्य अर्थमा विकास भनेर बुझिन्छ । विकास अल्पकालिन तथा दिर्घकालिन दुई प्रकारका हुन्छन । यसै परिस्थीतिमा नेपालको दिगो विकासमा नदीनालाको भूमिका अत्यन्तै महत्वपुर्ण रहेको छ । नदीनालाबाट उत्पादित जलविद्युत तथा नदीनालाको मनमोहक सौन्दर्यताको आकर्षणले पर्यटन व्यवसायबाट देशले मनग्य आम्दानी गर्दै दिगो विकासमा आयस्रोतको उचित परीचालन गर्न सक्ने बलियो आधार बनेको छ ।

नेपालको जलविद्युतमा नागरिकको लगानी एवम् सहभागितालाई सुनिश्चित् गर्दै अन्तराष्ट्रिय स्तरबाट उचित लगानीको वातावरण तय गरी विप्रेषणको समेत समुचित उपयोग गर्न सके छिट्टै सुखी एवम् समृद्ध मुलुकमा परिवर्तन हुन सक्ने अवस्था छ ।

हाल नेपालमा ठुलासाना गरी करीब ६,००० नदीनाला नेपालको भूागमा बहने गर्दछन । कूल भूभाग मध्य करीब २.२७ प्रतिशत भूभाग जलस्रोतले ओगटेको छ । नेपालमा ११ कि.मि भन्दा लामा करीब १००० वटा छन भने १६० कि.मि भन्दा लामा नदी करीब १०० वटा छन । त्यसैगरी हिमनदीहरुको संख्या घद्दछद्द रहेको छ । यसरी नेपालको नदीनालाहरुको अध्ययन गर्दा नेपाल जलस्रोतको भण्डार हो भन्नेकुरा प्रष्ट बुझ्न सकिन्छ ।

नदीनालाको उचित व्यवस्थापन एवम् उपयोगबाट एकातर्फ नेपाललाई जलविद्युत आयोजनाहरुको मुलथलो बनाउन सकिन्छ भने अर्कोतर्फ नदीनालाको सुन्दर प्राकृतिक अनुपमबाट विश्वमा लाखौं पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । हाल नेपालमा करीब १०७४ मेगावट जलविद्युत उत्पादन भइरहेको छ, यो कूल क्षमताको २.७ प्रतिशत मात्र हो । हामीले हाम्रो सम्भावनालाई क्रमिक रुपमा शक्तिमा बदल्न सके हामी विश्वमै जलविद्युतको मुलथलो बन्न सक्छौं । यसलाइ विश्वका विभिन्न देशहरुमा वितरण गरी उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्न सक्छौं । हालसालै नेपाल लोडसेडिङ मुक्त भएको छ , परिणाम स्वरुप कैयौं उद्योगहरुको लोडसेडिङको टाउको दुखाइ अन्त्य भएको छ र उत्पादनमैत्री वातावरण तयार भएको छ यसरी उत्पादनमा आएको बढोत्तरीले देशको अर्थतन्त्रलाई बलियो बनाई देश विकासमा पुँजी परिचालन गर्ने उचित माध्यम सिर्जना हुन्छ ।

नेपालको सुन्दरताको अनुपममा मिठो सुगन्ध यहाँको जलभण्डारको रहेको छ । परिणाम स्वरुप लाखौँ पर्यटकहरु आकर्षित हुँदा पर्यटन व्यवसाय दिनानुदिन फैलिँदो छ । पर्यटकहरुले र्याफ्टिङ, ,बोटीङ ,बन्जीजम्प जस्ता मनोरञ्जनका माध्यमबाट चरम आनन्द लिने गरेका छन् जसले उनीहरुलाई पटक पटक नेपाल आउन लोभ्याई रहेको छ ।

नदीनाला तथा सिँचाइ सुविधाले कृषि क्षेत्रमा पनि अतुलनीय योगदान पुर्याएको छ । नेपाल एक कृषिप्रदान मुलुक रहेको र अधिकांश (करीब ७४ प्रतिशत) नेपाली जनता आश्रित  रहेको कृषि क्षेत्रको वृद्धिले समग्र मुलुक को विकासमा मेरुदण्डको भूमिका निर्वाह गरिरहेको छ । विश्वमा नै हिमालयको देश भनेर पहिचान बनाउन सफल नेपालमा हिमालयबाट बहने कञ्चन एवम् पहाडको काखमा सिंचित जडीबुटी घुलीत शुद्ध खानेपानीले जनस्तरमा महत्वपुर्ण योगदान पुर्याएको छ । यसरी नेपालको शुद्ध पानीलाई हिमालयन ब्रान्डको रुपमा विश्वबजारमा पुर्याउन सके यसबाट समेत नेपालले ठुलो आयस्रोत संकलन गर्न सक्ने बलियो आधार देखिएको छ ।

यसरी जलस्रोतको प्रचुर सम्भावना रहँदा रहेको नेपालमा जलविद्युत,पर्यटन,सिँचाइ एवम् खानेपानीको समुचीत उपयोगको माध्यमबाट साँच्चै विकासको नवयुगमा देश पुग्ने अवस्था रहेको छ ।

प्रचुर सम्भावना बाबजुत पनि सम्भावनालाई शक्तिलाई बदल्न नसक्दा भने नैराश्यता छाएको छ । आफ्नो भूभाग को उचित सुरक्षा तथा बाँध बाँध्न नसक्दा कैयौं नेपाली भूभागहरु डुबान मा पर्ने गरेका छन् । यसको उचित संरक्षण एवम् सम्बर्धनको लागि सरकारी उच्चस्तरीय कदम बाट नीति निर्माण एवम् समन्वय गरी निकास दिनु आवश्यक छ । नेपालको जलविद्युतमा नागरिकको लगानी एवम् सहभागितालाई सुनिश्चित् गर्दै अन्तराष्ट्रिय स्तरबाट उचित लगानीको वातावरण तय गरी विप्रेषणको समेत समुचित उपयोग गर्न सके छिट्टै सुखी एवम् समृद्ध मुलुकमा परिवर्तन हुन सक्ने अवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*