संसारको एकमात्र देश, जहाँ कहिल्यै ‘डिभोर्स’ हुँदैन

नवयुग संवाददाता
२०७७, १२ पुष आईतवार २१:२३

Advertisement

काठमाडौं । धेरैजसो देशमा सामान्य झगडाका कारण पनि श्रीमान–श्रीमतीबीचमा सम्बन्ध बिच्छेद हुने गर्दछ । र सम्बन्ध बिच्छेद गर्न कुनै आनाकानी हुँदैन । तर विश्वमा एउटा यस्तो देश पनि छ जहाँ कहिल्यै पनि सम्बन्ध बिच्छेद हुँदैन ।

Advertisement

आज हामी तपाईलाई उक्त देशको बारेमा जानकारी गराउनेछौँ । फिलिपिन्स संसारको एउटा मात्र त्इस्तो देश हो, जहाँ सम्बन्ध बिच्छेदका घटना हुँदैनन् ।

Advertisement

कानून बनाउने प्रयाश त भएको हो तर, धार्मिक मान्यताका आधारमा त्यहाँ कुनै फैसला हुन सकेन । धेरै जसो मानिसहरु संसारकै एकमात्र सम्बन्ध बिच्छेद नहुने देश भएको आफूलाई गर्भवान्वित महशुस गर्दछन् ।

Advertisement

तर त्यो मान्यता ईसाई धर्मावलम्बीहरुमा मात्र लागू छ । मुश्लिम धर्मावलम्बीहरु भने आफ्नो इच्छा अनुसार सम्बन्ध बिच्छेद गर्न सक्छन् । यो छुट उनीहरुको आफ्नो नियमा कारण मिलेको हो ।

गर्भनिरोधक औषधि पनि निषेध

फिलिपिन्समा सम्बन्ध बिच्छेद बाहेक गर्भनिरोधक औषधिको प्रयोग पनि गर्न पाईदैन । एक रिपोर्टका अनुसार देशमा ३० प्रतिशत भन्दा धेरै बच्चाहरुको जन्मदर्ता नै गराइएको छैन ।

संसदमा पेश भएको थियो बिल

केहि वर्ष अगाडि फिलिपिन्सको संसदमा एक बिल पेश गरिएको थियो । तर तत्कालिन राष्ट्रपति बेनिग्नो एक्वीनोले त्यसलाई रद्ध गरेका थिए ।

उनी आफू पनि अविवाहित छन् र सम्बन्ध बिच्छेदकोविरुद्ध पनि । उनी सम्बन्ध बिच्छेदलाई स्विकृती दिएर आफू फिलिपिन्सलाई कलंकित बनाउन नचाहने बताउँछन् ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*