प्रहरी हत्याका मुख्य योजनाकार भनिएका राना पक्राउ

नवयुग संवाददाता
१३ पुष २०७७, सोमबार १३:१९

Advertisement

धनगढी । धनगढीमा अढाई महिनाअघि दुई प्रहरीको हत्या भएको घटनामा मुख्य योजनाकार भनिएका धनगढी उपमहानगरपालिका–१० का ३४ वर्षीय अमर रानालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

धनगढीनजिकैको सीमाक्षेत्रमा पर्ने अस्थायी प्रहरीचौकी जुगेडामा इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदलाई गस्तीमा रहेका बेला तस्करहरूको समूहले हत्या गरेको थियो ।

Advertisement

सुकबहादुरसमेत भनिने रानालाई प्रहरीले कैलालीको सीमा क्षेत्रबाट आइतबार पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टले जानकारी दिए । हत्याको आरोपमा एक जना व्यापारीसहित यसअघि ९ जना पक्राउ परिसकेका छन् । तस्करहरूको समूहले नेपालबाट मोहना नदी हुँदै भारततर्फ केराउ तस्करी गर्दै गर्दा गस्तीमा रहेका सुरक्षाकर्मीले रोक्न खोज्दा दुवै जनाको हत्या भएको थियो । घटनाको दुई दिनपछि मोहना नदीभित्र गाडिएको अवस्थामा शव फेला परेको थियो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*