यसपटक तमु ल्होसार घरघरमै मनाइने, टुँडिखेलमा कार्यक्रम नहुने

नवयुग संवाददाता
१४ पुष २०७७, मंगलवार १४:००

गत वर्ष काठमाडौंको टुँडिखेलमा तमु ल्होछार मनाउने क्रममा सेल्फी लिँदै गुरुङ समुदायका युवती । फाइल तस्बिर

काठमाडौँ । तमु (गुरुङ) समुदायले तमु ल्होसार सीमित व्यक्तिमाझ मनाउने भएका छन् । यो चाड हरेक पुस १५ गते मनाउँदछन् । यो पटक मुसा वर्गको बिदाइ र नयाँ वर्ग गाईको स्वागत गर्दैछन् । तमु ह्यल छोंजधि (गुरुङ राष्ट्रिय परिषद्) मातहतमा दर्जनौं संस्थाको सहभागितामा टुँडिखेलमा बृहत सांस्कृतिक प्रदर्शनी गर्ने गरिन्थ्यो ।

Advertisement

‘यो पटक टुँडिखेलमा तमु ल्होसारको कार्यक्रम हुने छैन,’ ल्होसारको अवसरमा धेरै कार्यक्रमहरू सुरु रहेको उल्लेख गर्दै छोंजधिका अध्यक्ष रेशम गुरुङले भने, ‘धेरै कार्यक्रमहरू भर्चुअल जुम प्रविधिबाट राखेका छौं । संस्थाको कार्यालयमा सीमित प्रतियोगी कलाकार भौतिक रूपमा उपस्थित गराएका छौं । नृत्य र तमु आइडल मातृभाषाको गायन प्रतियोगिता जारी छ ।’ उनका अनुसार लोक दोहोरी, गीत, कविताका जस्ता प्रतियोगिता आयोजना गरिएका छन् ।

Advertisement

‘आज ९मंगलबार० राति बाह्र बजे खेंगी गुरुहरूद्वा पूजा, बोन फाएर र रिपा लगाउने, आशिर्वाद ग्रहण गरी पुरानो वर्गको विदाइ र नयाँ वर्गको स्वागत गरिनेछ,’ अध्यक्ष गुरुङले भने । परिषद्ले ल्होसारको मुख्य दिन बुधबार अनलाइनबाट आयोजना गर्ने र उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिने छन् । त्यसैगरी नेपाली कांग्रेस, जनता समाजवादी पार्टीका नेताले समेत शुभकामना दिने छन् । जुममार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तमु संघसंस्थाहरूबीच शुभकामना आदानप्रदान गरिने अध्यक्ष गुरुङले जनाएका छन् ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*