थप ७ संक्रमितको मृत्यु,मृतकको संख्या १८८५ पुग्यो

नवयुग संवाददाता
२० पुष २०७७, सोमबार १६:२७

Advertisement

काठमाडौं । नेपालमा एकै दिन थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ८ जना संक्रमितको मृत्यु भएको थियो।

Advertisement

गत २४ घण्टामा ४ हजार ४ सय १ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५२ हजार ९ सय ३ पुगेको छ। हाल ३ सय ४२ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*