हलिउडकी ‘हरर स्टार’ बारबरा सेलीको मृत्यु

नवयुग संवाददाता
२१ पुष २०७७, मंगलवार १४:२६

Advertisement

हलिउड अभिनेतृ बारबरा सेलीको मृत्यु भएको छ। हरर जेनरामा ुआइकनु नै मानिने उनको ८८ वर्षको उमेरमा निधन भएको हो।

Advertisement

गएको डिसेम्बरमा उनमा कोभिड १९ देखिएको थियो। जसलाई उनले सहजै पार पनि लगाएकी थिइन्। उनका एजेन्ट थोमस बोइङटनले उनको मृत्युको पुष्टि गर्दै भने, ‘उहाँको मृत्यु कोरोना भाइरसका कारण भएको होइन।’

Advertisement

सन् १९५० को दशकमा उनी ुटेक्निकलर क्विन अफ ह्यामरुका रुपमा परिचित थिइन्। ह्यामर फिल्म प्रोडक्सनका सफल हरर मुभीमा उनको लिड रोल हुने गर्थ्यो।

Advertisement

सन् १९६४ को ुद गोर्गनु, सन् १९५८ को ‘ड्राकुला’, सन् १९८७ को ‘प्रिन्स अफ डार्कनेस’ र १९६६ को ‘रास्पुतनिकस् दी म्याड मङ्क’ लगायतका फिल्मका कारण पनि उनलाई चिनिन्छ।

फिल्मका साथै अमेरिकन टेलिभिजनमा उनको ग्यामरस उपस्थिति पनि चर्चित थियो। द सैन्ट, द एभेन्जर्स, द बोर्गिस, ब्लेक्स सेभेन र क्राउन कोर्ट जस्ता टेलिभिजन सोहरुमा उनलाई देख्न सकिन्थ्यो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*