दाङमा माघीको रौनक

नवयुग संवाददाता
२२ पुष २०७७, बुधबार १३:४२

Advertisement

दाङ । थारू जातिको महान् पर्व माघीको रौनक छाएको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै दाङका आदिवासी थारू बस्तीमा चहलपहल बढेको छ । थारू समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्छन् । यो पर्वका अवसरमा थारू समुदायमा गाउँका महतवा ९अगुवा० को घरमा जम्मा भएर वर्षभर योजना बनाउने परम्परा छ ।

Advertisement

यसपालि थारू बस्तीमा खानपिनको मात्र कार्यक्रम हुने र कोभिड–१९ का कारण नाचगानलाई छरछिमेकीसँग मात्र सीमित गर्ने कार्यक्रम रहेको गढवा गाउँपालिका–३ का कमल चौधरीले जानकारी दिनुभयो । भीडभाड नगर्ने र रमाइलोका लागि एकै ठाउँमा नाचगान गर्ने कार्यक्रम रहेको उहाँको भनाइ छ ।

Advertisement

माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार थारू समुदाय यसको तयारीमा जुटेका हुन् । गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा सङ्कलन, धान कुटानपिसान र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारू समुदायका महिला व्यस्त रहन्छन् । ढिर्की पकाउने, अनदीको विशेष झोल, अनदीको रोटीलगायत विशेष मीठामीठा परिकारको जोहो माघमा गर्ने चलन छ ।

Advertisement

माघीको अघिल्लो दिन रातभर आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोग गरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारू समुदायमा छ । खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइएको हुन्छ । छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर ९कोसेली०का रुपमा चेलीबेटीका घरमा पु¥याउने प्रचलन रहेको मतहवा सङ्घका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

माघको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर ९थारू भाषामा जिता मार्ना० मारेर बराबर बाँड्ने चलन छ । माछासँगै गङ्गटा र घुँगीको विशेष परिकार बनाएर खाने गरिन्छ । माघीको अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृङ्गार र करुण रसले भरिएको हुन्छ । यसमा बजाइने मादलको ताल, धुन र गाउने व्यक्तिको स्वर पनि विशेष र फरक प्रकारको हुने संस्कृतिविद् अशोक थारूले बताउनुभयो ।

थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रुपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब शुरु गर्ने चलन छ । “माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीलगायत अन्य व्यवहारको नवीकरण गरिन्छ”, थारूले भन्नुभयो ।रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*