काठमाडौं उपत्यकामा २३३ संक्रमित थपिए

नवयुग संवाददाता
२०७७, २२ पुष बुधबार १६:५८

Advertisement

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं ७२ महिला र १६१ पुरुष गरी २३३ जना कोरोना संक्रमित थपिएका छन्।

Advertisement

योसँगै उपत्यकामा एक लाख २२ हजार ५०६ जना व्यक्ति संक्रमित भएका छन्।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५९, ललितपुरमा ५० र भक्तपुरमा २४ जनालाई कोरोना संक्रमण देखिएको छ।

Advertisement

हालसम्म काठमाडौंमा मात्र ९८ हजार ७८ जना संक्रमित भएका छन्, जसमध्ये ४७६ जनाको मृत्यु भएको छ। हालसम्म ९५ हजार १८२ सय जना निको भएका छन्।

ललितपुरमा १५ हजार ४५४ जना संक्रमित भएका छन्। जसमा १४८ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ९७७ जना निको भएका छन्।

भक्तपुरमा ८ हजार ९७४ संक्रमितमध्ये १०९ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ७३७ जना निको भएका छन्।

आज काठमाडौंमा २ हजार ४२० ललितपुरमा ३२९ र भक्तपुरमा १२८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*