ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख कुशवाहको निधन

नवयुग संवाददाता
२३ पुष २०७७, बिहीबार ११:३५

Advertisement

पर्सा । वीरगन्जकोे ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. राजदेवप्रसाद कुशवाहको निधन भएको छ । डा. कुशवाहको बुधबार राति काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

Advertisement

विगत २ महिनादेखि जन्डिसबाट पीडित डा। कुशवाहको स्वास्थ्यमा समस्या आएपछि उनलाई केहि दिन अगाडी अस्पताल भर्ना गरिएको थियो । वीरगन्जको अस्पतालमा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि उनलाई काठमाडौँस्थित नर्भिक अस्पतालमा लागिएको थियो ।

Advertisement

नर्भिक अस्पतालमा डा। कुशवाहलाई आईसीयूभित्र भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा बुधबार राित २ बजे निधन भएको क्याम्पस सहप्राध्यापक उमेश चौरसियाले जानकारी दिए । डा. कुशवाहको अन्त्येष्टि आज बिहीबार नै उनको पैतृक गाउँ वीरगन्ज महानगरपालिकास्थित कोहड़ीमा हुने उनले जानकारी दिए । डा. कुशवाह गणित विषयका जानकार एवम् यस क्षेत्रका चर्चित थिए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*