हिल्साको तापक्रम माइनस १४ डिग्री, सीमा सुरक्षामा खटिएका प्रहरी संकटमा

नवयुग संवाददाता
२५ पुष २०७७, शनिबार १३:३६

Advertisement

हुम्ला । हिमपातले उत्तरी चीनसँगको सिमाना हिल्सा क्षेत्रमा तापक्रम माइनस १४ डिग्रीमा झरेको छ। तापक्रममा भारी गिरावट आएपछि चिसोका कारण बासिन्दाहरु घरबाहिर निस्कन सकेका छैनन्। पानी जमेको अवस्थामा छ।

Advertisement

हिल्सास्थित सीमा सुरक्षा चौकीमा बसिरहेका प्रहरीहरु मुस्किलमा छन्। हिमपातपछि तापक्रम माइनस १४ मा झरेको र जाडो अत्याधिक बढेको बिओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताए। हिल्सा क्षेत्र कर्णाली नदीको गहिरो खोचमा रहेको हुँदा घाम नलाग्ने र हावा चलिरहने भएका कारण चिसो झनै बढेको हो।

Advertisement

चिसोले धारामा पानी जमेका कारण हिउँ बिलाएर पानी खानु पर्ने बाध्यता रहेको छ। चिसो बढेसँगै नारा लेकमा बाटो हिमपातले अवरुद्ध भएपछि आवत जावत पनि बन्द भएको छ।

Advertisement

चार हजार ६ सय मिटर अग्लो नारा लेकबाट हिल्सा आउजाउ गर्न सकिने भए पनि हिमपात पछि बन्द भएको सीमा सुरक्षा चौकीका इन्चार्ज केसीले बताए। हिउँ जमेका कारण मानिसहरु पैदल हिँड्न पनि नसक्ने अवस्था रहेको छ। हिल्सामा बिओपीका २० जना र होटेल कुरुवा आठ जना गरि २८ जना नेपालीहरु बस्दै आएका छन्।

सबैजना घरभित्र आगो तापेर बसिरहेको उनले बताए। पारीपट्टी चिनियाँ सुरक्षाकर्मी सुविधा सम्पन्न भवनमा बस्दै आएका छन् भने नेपाली बिओपीको टोली भाडाको घरमा बस्दै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*