मकवानपुरमा औपचारिक रुपमा फुट्यो नेकपा, ओली समूहको अध्यक्षमा एकालाल

नवयुग संवाददाता
२५ पुष २०७७, शनिबार १७:१४

Advertisement

मकवानपुर । मकवानपुरमा आजबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजन भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधरले शनिबार (आज) हेटौंडामा आयोजना गरेको जिल्ला स्तरिय कार्यकर्ता भेलाले  जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामी ‘छिन्तु’लाई पदबाट हटाउँदै नयाँ अध्यक्ष घोषणा गरेको छ ।

Advertisement

भेलाले अध्यक्षमा एकालाल श्रेष्ठलाई चयन गरेको केन्द्रीय सदस्य तथा जिल्ला सह–इञ्चार्ज रामेश्वर रानाले जानकारी दिए । रानाले सिग्देल र पुलामीलाई कारवाही गरिएको जनाएका हुन् ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*