प्रधानमन्त्री ओलीको टिप्पणी : ‘महान् जनयुद्ध के भो ? फर्सी जस्तै कुहियो’

नवयुग संवाददाता
२५ पुष २०७७, शनिबार १७:४५

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान् जनयुद्ध’ फर्सी जस्तै कुहिएको टिप्पणी गरेका छन् ।

Advertisement

काठमाडौंमा आयोजित युवा संघको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘महान् जनयुद्ध के भो ? फर्सी जस्तै कुहियो’

Advertisement

विगतमा जातजातमा जनता विभाजित गर्ने र पहिचानको नाममा देश टुक्र्याउने प्रयास भएपनि असफल बनाइएको ओलीले दाबी गरे ।

Advertisement

उनले संसदको निर्वाचन हुँदा देश संकटमा नपर्ने जनाएका छन् । प्रधानमन्त्री ओलीले केही मान्छेले संसद विघटन हुँदा देश संघटमा पर्‍यो भनेर स्यालहुइँया मच्चाएको बताए ।

‘संसदको निर्वाचन हुँदा देश संकटमा पर्छ ? संविधान संकटमा पर्छ ? स्वार्थीलाई संकट पर्छ, देशलाई होइन,’ उनले भने, ‘यतिबेला लोकतन्त्र विरोधीहरू आत्तिएका छन्, त्यही भएर जे पायो त्यही बोलिरहेका छन् ।’

लामो समय संवैधानिक आयोगमा पदपूर्ति हुन नदिइएको प्रधानमन्त्री ओलीले बताए । त्यसपछि अध्यादेश ल्याएर आयोगमा पदपूर्तिको प्रयास गर्नुपरेको समेत स्पष्ट पारे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*