रहेनन् वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’

नवयुग संवाददाता
२५ पुष २०७७, शनिबार १९:३०

Advertisement

काठमाडौं । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ। शनिबार दिउँसो २ बजेर ५० मिनेटमा उनको ८६ वर्षको उमेरमा निधन भएको साहित्यकार विजय उदय पाल्पालीले बताए।

Advertisement

वि.सं. १९९२ माघ ३ मा जन्मिएका रिमालले ५०० भन्दा धेरै गीतको रचना गरेका छन्। नारायण गोपालले गाएको ‘जुन फूल मैले चाहेको थिएँ’, अरुणा लामाले गाएको ‘उदास मेरो प्रेम कथा’सहित कालजायी गीत उनले लेखेका थिए।

Advertisement

रिमाल लामो समयदेखि बिरामी थिए। स्मरण शक्ति ह्रास हुने अलजाइमर्सको समस्या सामना गरिरहेका उनी बोल्न सक्दैन थिए। असोजसम्म सामान्य बोलीचाली गरिरहेका उनी त्यसयता गम्भीर बिरामी भएका थिए।

Advertisement

गम्भीर बिरामी परेपछि उनलाई चिरायु अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। तर चार दिनसम्म उपचार गरेर घर फर्काएपछि उनको निधन भएको हो। परिवारका अनुसार उनलाई निमोनिया भएको थियो भने मृगौलामा पनि समस्या देखिएको थियो।

उनले लेखेको एउटा गीत

(जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ
सौन्दर्य बनी त्यो सधै मेरो आँखामा लुकेछ) २

(सुख र दुस्ख सँगाली दिने जीवनमा त्यै थियो) २
दिन रात अब म देखि टाढा भएर गइदियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*