मकवानपुरको राक्सिराङमा ५० बिगाहा क्षेत्रफलमा लगाएको गाँजा नष्ट

नवयुग संवाददाता
२६ पुष २०७७, आईतवार १२:१८

Advertisement

मकवानपुर । मकवानपुर जिल्लामा अवैध रुपमा लगाइएको गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ ।

Advertisement

शुक्रबार र शनिबार प्रहरीले मकवानपुरको राक्सिराङ–२ को माङ्सिराङ, चनौडा, सुनारीसौरा, ऐऐ गाउँपालिकाको गोठरी, भाटीबेसी, ऐऐ गाउँपालिका–३ को पंजरीमा गरी ५० बिगाहा क्षेत्रफलमा लगाएको गाँजा र ५ बिगाहामा लगाइएको अफिम खेती नस्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) इन्द्र बहादुर रानाले बताए ।

Advertisement

Advertisement

डिएसपी रानाका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको ५० जना प्रहरीको टोलीले उक्त अवैध लागूऔषध खेती नष्ट गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*