स्रोत नखुलेको करिब ३२ लाख रकमसहित एकजना पक्राउ

नवयुग संवाददाता
२६ पुष २०७७, आईतवार १३:३७

Advertisement

जनकपुरधाम । सिराहा प्रहरीले स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

Advertisement

पक्राउ पर्नेमा सिराहा सदरमुकाम सिराहा नगरपालिका–२२ हकपाराका शिवनाथ यादव छन् । प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ३९ वर्षीय यादवलाई सिराहा नगरपालिका–२१ बाट नियन्त्रणमा लिएको हो ।

Advertisement

यादवको साथबाट कपडाको झोलामा राखिएको स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँ बराबद भएको सिराहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । पक्राउ परेका यादवलाई उक्त रकमसहित आवश्यक कारबाहीका लागि सम्पती शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको शर्माले बताए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*