बोयर बाख्राको केन्द्र बन्दै अर्घाखाँचीको डिभर्ना

नवयुग संवाददाता
२०७७, २६ पुष आईतवार १५:४६

Advertisement

अर्घाखाँची । सन्धिखर्क नगरपालिका– ११ डिभर्ना बोयर जातका बाख्रा उत्पादनको केन्द्र बनेको छ । मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशङ्कर उत्पादन कार्यक्रमअन्तर्गत जालकाँडा बोयर बिडर हट पशुपालन तथा कृषि सहकारी संस्थाका बाख्रापालन सहकारीका किसानले शुद्ध बोयर जातको बोकाको प्रयोग गरी उत्पादनमा तेब्बर वृद्धि गरेका छन् ।

Advertisement

विसं २०७३ मङ्सिरमा अष्ट्रेलियाबाट प्रतिबोका रु तीन लाखका दरले १२ वटा बोयर बोका ल्याएपछि बोयर जातको बाख्रा उत्पादनमा वृद्धि भएको हो । परम्परागतरुपमा पालिँदै आएका खरी जातका बाख्रामा उन्नत बोयर बोका क्रस गराएर छ महिनामै ४० केजीसम्मको मासु उत्पादन हुन थालेपछि अहिले यहाँको बाख्रापालन व्यवासाय फस्टाउँदै गएको हो ।

Advertisement

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ११ डिभर्नाका कृषक गोपाल बस्यालले पालेको एउटा बोयर बोका १८१ केजीको छ । उक्त बोका हेर्न आउने र फोटो खिच्नेको दिनदिनै भीड बढेको देखिन्छ । बोका हेर्न जिल्ला तथा अन्य जिल्लाबाट मानिसहरु जाने गरेको बाख्रापालक कृषक बस्यालले बताए।

Advertisement

बोयर बाख्रा छिटो बढ्ने, मासु धेरै हुने र पाल्न पनि सजिलो हुने भएकाले अर्घाखाँचीसहितका जिल्लामा बोयर बाख्राको माग बढ्दो रहेको छ ।

बाख्राको एक जात बोयर छिटो बढ्ने र धेरै मासु उत्पादन हुने जातअन्तर्गत पर्दछ । पछिल्लो समयमा अष्टे«लियाबाट ल्याएर अर्घाखाँचीसहितका जिल्लामा बोयर जातको बाख्रा स्रोत केन्द्रका रुपमा बाख्रापालन हुँदै आएको छ । छिटो शारीरिक वृद्धि, धेरै तौल हुने बोयर जातको बाख्रामा अरु जातको बाख्रामाभन्दा रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले किसान यो जातको बाख्रापालनमा आकर्षित भएका हुन् ।

डिभर्नामा २०७३ सालमा १२ वटा र २०७४ सालमा चार वटा बोयर जातको बोका वितरण गरिएको हो । जालकाँडा बाख्रापालन सहकारीका अध्यक्ष बस्यालले भने, ‘विसं २०७३ को मङ्सिरबाट बोका पाएका थियौँ, गाउँका १५३ घरधुरी संलग्न रहेको समूहले अहिले एक हजार ५०० बाख्रापालन गर्दै आएका छन् । बोयर जातको बोका लगाएर किसानले उत्पादनमा तेब्बर वृद्धि गराएका छन् ।

‘एउटा पाठा वा पाठी जन्मँदा नै चारदेखि पाँच किलोको हुन्छ, पहिलेको काठे बाख्रापालनमा एक वर्षमा २५ किलो हुन्थ्यो भने अहिले बोयर जातको बोका ल्याएपछि चार महिनामा नै ३० किलाको हुन्छ’, उनले भने, ‘वार्षिक एक बोकाको मासु एक क्विन्टलभन्दा बढीको हुन्छ, बाख्राले पनि तीन÷चार वटा पाठापाठी पाउँछ, बोकालाई छाडा नछोडी व्यवस्थित खोर बनाएर राखिएको छ ।’

डिभर्ना धारामाथि निवासी गीता भुसालको घरमा दुई वटा मात्र माउ बाख्रा रहेका छन् । तिनै दुई माउ बाख्राका पाठापाठी बेचेर वार्षिक तीन लाख आम्दानी गर्न सफल भएका छन् । तीन वर्षको अवधिमा दुई वटा मात्र बाख्रा पालेकी डिभर्नाकी गीता भुसालले बोका र पाठी बिक्रीबाट रु सात लाख कमाउन सफल भएको बताए।

यो आम्दानी अन्य व्यवसायबाट प्राप्त गर्न कठिन परिश्रम गर्नुपर्छ । तर दुई वटा बाख्राबाटै सजिलो माध्यमबाट मनग्य आम्दानी गर्न सफल भएकाले खुशी छने । उनले भने , ‘धेरै पाल्न पनि पर्दैन । दुःख पनि छैन दुई बाख्रालाई स्याहार गरेकी छु । वर्षमा सात लाख रुपैयाँ त कमाएँ । दुई लाखका पाठापाठी अहिले पनि तयार भइसकेका छन् ।’ गीता मात्र होइन डिभर्नाका कृषकले बोयर जातका बोकाको बिक्रीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

बोयर जातको बोका वितरण गरेसँगै सोही वडाका बासिन्दा बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । शुरुआतको समय भए पनि सदस्यसँग कम्तीमा तीनदेखि बढीमा ३५ वटासम्म बाख्रा छन् । अध्यक्ष बस्यालसँग मात्रै २५ वटा बाख्रा रहेका छन् ।

डिभर्नाका कृषकले बोयर जातका बोकाको बिक्रीबाट पनि राम्रै आम्दानी गरिरहेका छन् । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा कृषकले बोयर जातका बोकाको क्रस गराएर जन्माएका बोका र पाठीको बिक्रीबाट मात्र रु साढे सात करोड आम्दानी गरेका छन् । यस कारण पनि गाउँका सबैले अहिले बोयर बाख्रा पालेका छन् ।

यहाँ उत्पादित बाख्राको मासु तीन महिनामै ३० किलो र वार्षिक एक क्विन्टल भन्दाबढी हुने बोयर बाख्रा देशका ३६ जिल्लामा निर्यात गरेको जालकाँडा बाख्रापालन सहकारीका पुष्करनाथ आचार्यले जानकारी दिए।

यहाँ उत्पादन भएका बोयर बाख्रा काठमाडाँै, नुवाकोट, सिन्धुपाल्चोक, रुपन्देही, कपिलवस्तु, पाल्पा, प्यूठानलगायतका ३६ जिल्लामा बिक्री गरेको अध्यक्ष बस्यालको भनाइ छ । बाख्रा बिक्रीका लागि कुनै पनि समस्या छैन । कृषक फोनमै सम्पर्क गरेर लिन आउने गरेका छन् । सबैभन्दा बढी प्यूठान जिल्लामा बोयर बोका र बाख्रा लगेको उनको भनाइ छ ।

चितवन, रुपन्देही र काठमाडाँैका ठूला फार्महरुले पनि जालकाँडा बाख्रापालन सहकारीबाट बाख्रा किनेर लगेका छन् । अर्घाखाँचीका पाँच स्थानीय तहले पनि यहाँबाट बोयर बाख्रा किनेर कृषकलाई वितरण गरिरहेका छन् । सन्धिखर्क नगरपालिकाकाले ४० वटा बोयर बाख्रा वितरण गरेको सो नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले बताए।

गत वर्ष पनि सन्धिखर्क नगरपालिकाले १२ वडाका १२ जना व्यावसायिक बाख्रापालक कृषकलाई बोयर बोका वितरण गरेको थियो । स्थानीय जातका बाख्रामा बोयर बोका लगाएर मासु उत्पादन वृद्धि गर्ने उद्देश्यले व्यावसायिक कृषकलाई बोयर बोका हस्तान्तरण गरेको सन्धिखर्क नगरपालिकाका पशु शाखा प्रमुख प्रकाश न्यौपानेले बताए।

बाख्रापालन व्यावसायिकरुपमा गरी मनग्य आम्दानी लिन सकिने भएकाले यसतर्फ सबै कृषक लाग्नुपर्ने उाको भनाइ छ ।

भूमिकास्थान नगरपालिकाले २५०, छत्रदेव गाउँपालिकाले ५००, सीतगङ्गा नगरपालिकामा १५० र मालारानी गाउँपालिकाले १२ वटा बाख्रा जालकाडा बाख्रापालन समूहबाट खरीद गरेर बाख्रापालक कृषकलाई वितरण गरेका छन् । ज्यूँदोको मूल्य एक केजीको रु एक हजारका दरले बोका तथा बाख्रा बिक्री भएका छन् ।

मेहनतका साथ किसानले बाख्रा पालेर मनग्य आम्दानी गरेकामा बधाई दिँदै नगरपालिकालाई बाख्रापालनमा नेपालकै नमूना बनाइने सन्धिखर्क नगरपालिकाका प्रमुख भुसालले बताए। बोयर जातको बोका वितरण गरेसँगै सोही वडाका बासिन्दा बाख्रापालनबाट आत्मनिर्भर पनि बन्दै गएका छन् । पाणिनी गाउँपालिकालाई बोयर बाख्राको उत्पादन केन्द्र ‘हब’का रुपमा विकास गर्न प्रतिबाख्रा औषत रु तीन लाखको लागतमा अष्ट्रेलियाबाट खरिद गरेर ल्याइएका बोयर बाख्रा पाएपछि कृषक पनि हर्षित छन् ।

गाउँपालिकाभित्रका किसानलाई व्यावसायिक पशुपालन तथा कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ बोयर बोका र बाख्रा वितरण गरिएको हो । अष्ट्रेलियाबाट शतप्रतिशत बोयर जातका बाख्रा खरिद गरेर ल्याई स्रोत केन्द्रका रुपमा स्थापना गर्ने काममा पाणिनी गाउँपालिका लागिपरेको छ ।

अस्ट्रेलियाबाट रु ८० लाखको लागतमा १६ पाठी र आठ वटा बोयर जातका बोका खरीद गरेर ल्याई कृषकलाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अच्यूत गौतमले बताए। बोयर बाख्रा हस्तान्तरण गर्दै गौतमले अबको पाँच वर्षभित्रमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*