प्रचण्ड – नेपाल समूह र काँग्रेसका कार्यकर्ताबीच झडप, ७ जना घाइते

नवयुग संवाददाता
२६ पुष २०७७, आईतवार १६:३५

 

Advertisement

Advertisement

सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड नेपाल समुहका कार्यकर्ता र नेपाली काँग्रेसका कार्यकर्ता बीच झडप भएको छ । दुई पक्षबीच भएको झडपमा परी ७ जना घाइते भएका छन् ।

Advertisement

आइबार बिहान चक्रघट्टा गाउँपालिकाका अध्यक्ष बिक्रम यादव समुहका केहि व्यक्तिले वडा नं। ६ गोहियाही बस्ने अन्दाजी ६० वर्षीय रामजिनिस साहलाई कुटपिट गरेपछि बिबाद बढेको थियो । त्यसपछि भएको झडपमा दुई पक्षबीच ढुङ्गा हानहान हुँदा ७ जना घाइते भएका छन् ।

Advertisement

घाइते हुनेहरुमा वडा नं। २ बस्ने ३६ वर्षीय दिनेश राय, ३३ रंजित यादव, २८ वर्षीय संतोष यादव, वडा नं। ९ घोरिया बस्ने २० वर्षीय धिरेन्द्र यादव, २० वर्षीय पप्पु यादव, वाडा नं। ७ सगरदिना बस्ने ३३ वर्षीय नविन कुमार यादव रहेका छन् । घाइते ६ जनाकै अवस्था समान्य रहेको र उनीहरुको उपचार जिल्ला अस्पताल मलंगवामा भैरहेको प्रहरीले जनाएको छ । त्यस्तै नेपाली कांग्रेस पक्षका लेथ मेशीन संचालक रामजिनिस साहलाई जिल्ला अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागि बिरगंज पठाइएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।

लेथ मेशीन संचालक साह पक्षबाट करिब ५ सय आएको गाउँलेहरुले गाउँपालिकाको ना १ झ १७०० नाम्बरको स्कार्पियो जीप तथा केहि मोटरसाईकल र कार्यालयमा समेत तोडफोड गरी क्षति पु(याएको गाँउपालिकाका अध्यक्ष बिक्रम यादवले बताए । अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेले जानकारी दिए।चक्रघट्टा गाउँपालिकाका अध्यक्ष बिक्रम यादव नेकपा केन्द्रिय सदस्य तथा पुर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादवका छोरा हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*