पाँचथरमा आगलागी हुँदा ७० लाख रुपैयाँ बराबरको क्षति

नवयुग संवाददाता
२७ पुष २०७७, सोमबार १०:१६

Advertisement

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा भएको आगलागीबाट ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

Advertisement

कुम्मायक गाउँपालिका वडा नम्बर १ का तेजबहादुर थापाको गोठबाट सल्किएको आगोले दुई वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Advertisement

आगलागीबाट तेजबहादुर थापाको फुसको छानो भएको तीन तले घर, दुई तले भान्छा घर, एक तले गोठ, नगद, गरगहना र अन्नपात समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताउनुभयो ।

Advertisement

यस्तै आगलागीबाट डिकबहादुर थापाको फुसको छानो भएको तीन तले घर, एक तले गोठ, एउटा भेडा, नगद, गरगहना र अन्नपात समेत जलेर नष्ट भएको छ । स्थानीयवासी र इलाका प्रहरी कार्यालय यासोकबाट गएको टोलीले आगलागी भएको ३ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*