मंसिरसम्म विकास बैंकले कति नाफा कमाए ?
काठमाडौं । चालु आर्थिक बर्षको मंसिर मसान्तसम्म बाणिज्य बैंकहरूले रु। २ अर्ब १८ करोड ७० लाख खुद नाफा कमाएका छन् । हाल नेपाल १९ ओटा विकास बैंक छन् । उनीहरुले यस अवधीमा सो बराबरको नाफा कमाएका हुन् ।
कात्तिकसम्म भने उक्त बैंकहरु १ अर्ब ६९ करोड ६० लाख नाफा कमाएका थिए ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मंसिरसम्मको मासिक विवरणले यस्तो देखाएको हो । गत आवमा भने उक्त बैंकहरुले रु ३ अर्ब ८० करोड नाफा कमाएको छ ।
