भैँसी चोेरेर फरार भएका व्यक्ति २४ वर्षपछि पक्राउ

नवयुग संवाददाता
२७ पुष २०७७, सोमबार १०:३२

 

Advertisement

Advertisement

सप्तरी । भैँसी चोरेर फरार भएका एक व्यक्तिलाई सप्तरी प्रहरीले झन्डै २४ वर्षपछि पक्राउ गरेको छ ।

Advertisement

सप्तरीको कन्चनरुप नगरपालिका-४ का ५० वर्षीय लक्ष्मण सरदार बातरलाई भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएको हो ।

Advertisement

स्थानीय भरत लाल बहरखेर यादवको भैँसी चोरेको आरोपमा बातरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

डीएसपी साहकाअनुसार पक्राउ परेका बातरलाई एक महिना कैद र ३७ हजार रुपैयाँ जरिवानाको फैसला गरिएको थियो । उनी विगत २४ वर्षदेखि फरार रहेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो।

पक्राउ परेका बातरलाई जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*